विराटनगर १७ फागुन । महाशिवरात्रिको पवित्र पर्वलाई मानव कल्याण र चरित्र निर्माणको अवसरकोरुपमा प्रयोग गर्नुपर्ने विराटनगरमा आयोजित आध्यात्मिक प्रवचनका वक्ताहरुले बताएका छन ।
महाशिवरात्रीको अवसरमा विराटनगर–१० स्थित ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको प्रवचन कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन । सो अवसरमा बोल्नुहुँदै महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले माहाशिवरात्रि पर्वलाई ब्यक्तीले आफ्नो आचरण सुधारगर्ने अवसरकोरुपमा लिनुपर्ने बताउनुभयो । उहाँले ब्यक्तीले आफ्नो आचरण मात्र सुधारगरे समाज र देशमा धेरै कुरामा परिर्वतन आउने बताउनुभयो । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले धर्मको रक्षागर्नु मानिसको परम कर्तब्य भएको बताउनुभयो । धर्मको रक्षागर्नसके धर्मलेपनि मानिसको रक्षागर्ने बताउनुभयो । मेयर पराजुलीले ब्रम्हकुमारी राजयोग सेवाकेन्द्रले मानिसलाई सत्कर्ममा हिंडाउनुका साथै आपसी एकता र सद्भावको बाटोमा डो¥याउन सफल रहेको बताउनुभयो । विराटनगरको गरिमा बढाउन समेत ब्रम्हकुमारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको उहाँको भनाई थियो ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी संचालिका ब्रम्हकुमारी गिता दिदिले महाशिवरात्रीको पवित्र अवसरलाई ब्यक्तीले आफ्नो चरित्र निर्माणका साथै परमात्मा शिवप्रति समर्पित हुने दिनकारुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । सो अवसरमा संस्थामा आबद्ध प्राडा अजय भट्टराईलाई सम्मान गरिएको थियो । त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापकको उपाधि हासिलगर्न सफल हुनुभएका भट्टराईलाई महानगरका मेयर पराजुली र ब्रम्हकुमारी गितादिदिले फुलमाला र दोसल्ला सहित सम्मान गर्नुभयो ।
महाशिवरात्रीको अवसरमा तीनदिने बिशेष कार्यक्रम आयोजना गरेको ब्रम्हकुमारीले दोश्रोदिन आध्यात्मिक प्रवचनको कार्यक्रम गरेको हो । यसअघि सोमबार पहिलोदिन धार्मिक झांकी सहितको -याली निकालिएको र बुधबार रक्तदान कार्यक्रम गरिने संस्थामा समर्पित बिनोद अग्रवालले जानकारी दिनुभयो । सो अवसरमा संस्था स्थापनाको सन्दर्भ पारेर केक समेत काटिएको थियो ।