पाँचथर १० फागुन । प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ ।

सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कारागारमा रहेका कैदीहरूले अनुशासन वहन गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । मन्त्री कार्कीले कारागारका भौतिक संरचना निर्माणमा सरकारले आवश्यक सहयोगगर्ने बताउँदै उहाँले कैदीबन्दीलाई कानूनी परामर्श लिन समस्या भइरहेकोले निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।


मन्त्री कार्कीले जिल्लामा रहेका सुरक्षा निकायका प्रतिनिधिसँग जिल्लाको सुरक्षा स्थितिका बारेमा जानकारी लिनुभएको छ । तीनै सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न उहाँले निर्देशन दिनुभएको छ । मन्त्री कार्कीले जिल्ला प्रशासन कार्यालय मार्फत स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्ट्रन्सेसर प्रदान गर्नुभएको छ ।

कन्सन्ट्रेटरले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।

सम्बन्धित खबरहरु