विराटनगर २२ माघ । एल.पि.ग्याँस बिक्रेता संघ मोरङले सुन्दरहरैचा नगरपालिकाको सलकपुरमा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ । संघका अध्यक्ष गणेश साहको अध्यक्षता र ग्याँस बिक्रेता महासंघका केन्द्रीय सदस्य सुर्यमान बज्राचार्यको प्रमुख आतिथ्यमा शनिवार एक कार्यक्रमको आयोजनागर्दै सम्पर्क कार्यालय संचालनमा ल्याइएको हो ।
सो अवसरमा जिल्ला कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । गएको बर्ष फागुन महिनामानै अधिवेशनबाट कार्यसमिति निर्वाचित भएको भएपनि कोभिडका कारण सो समयमा प्रमाणपत्र वितरण गर्न नसकिएकोले ढिलै भएपनि औपचारिक कार्यक्रम गरि प्रमाणपत्र वितरण गरिएको आयोजक संस्थाका मोरङ अध्यक्ष साहले बताउनुभयो ।
सो अवसरमा बोल्ने संघका पदाधिकारीहरुले अनाधिकृत ग्याँसको कारोबार रोक्न ठोस पहल गर्नुपर्ने र ग्याँस बिक्रेताले पाउने कमिसन एकदमै न्यून भएको बताएका थिए । सहभागि वत्ताहरुले ग्याँस ब्यवसायिहरु फुटेर भन्दापनि जुटेर अघि बढनुपर्ने आवश्यकता रहेको बिषयमा जोड दिएका थिए ।
कार्यक्रममा ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य सुर्यमान बज्राचार्य,कार्यक्रम संयोजक रामकृष्ण खड्का,अतिथि सल्लाहकारहरु ज्ञानेन्द्र ओली,बिकास लालवानी,मणिलाल श्रेष्ठ ,बरिष्ठ उपाध्यक्ष सुनिल बोहोरा,उपाध्यक्ष कल्पना गौतम,आधारभुत बैठक प्रणालीका प्रशिक्षक बेदेन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । कार्यक्रमकाबीच प्रमुख प्रशिक्षक एवम जिल्ला सदस्य श्रेष्ठलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । महासंघका केन्द्रीय सदस्य वज्राचार्य र मोरङ अध्यक्ष साहले उहाँलाई सम्मान गर्नुभयो ।
कार्यक्रम संचालन भने सह सचिव रामकृष्ण खड्काले गर्नुभएको थियो ।