विराटनगर २० माघ । डाक्टर सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले प्रदेश एकको राजधानी विराटनगर धर्ना प्रदर्शन गरेको छ । पार्टीको मोरङ कार्यालयको नेतृत्वमा धर्नाप्रर्दशन गरिएको हो ।

सो पार्टीका कार्यक्रर्ताहरु आज दिउसो मेनरोड पुर्व रहेको रामजानकी मन्दिर परिसर नजिकैबाट -याली निकाल्दै कोशी राजमार्गको महाबिरचोकमा धर्ना प्रर्दशन गरेका थिए । सो क्रममा उनिहरुले राजमार्गको पुर्वट्टिको बिच सडकमैं धर्नामा बसेका थिए । जनमत पार्टीका कार्यकर्ताहरु नाराबाजीगर्दै बिच सडकमैं धर्ना बसेपछि त्यसक्षेत्रको यातायात प्रभावित भएको थियो । पार्टीको झण्डा र ब्यानरसहित प्रर्दशनमा बसेका उनिहरुले ‘किसान आन्दोलन जारी छ’,‘किसान एकता जिन्दाबाद’ र ‘प्रहरी दमन बन्द गर’ लगायत सरकारका मन्त्रीहरु बिरुद्ध नाराबाजी गरेका थिए ।

पार्टीले शुरु गरेको किसान आन्दोलनको ४१ औं दिन धर्ना प्रर्दशन कार्यक्रम गरिएको जनमत पार्टीकी केन्द्रीय सदस्य सुनिता सरदारले बताउनुभयो । उहाँले पार्टीले उठाएका किसानसंग सम्बन्धित ११ बुँदे मागलाई सम्बोधन नगरेसम्म विभिन्न स्वरुपमा शान्तिपुर्ण आन्दोलन जारी रहने समेत बताउनुभयो ।

सडक धर्नाप्रर्दशन कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य परमेश्वर मुर्मु,जिल्ला अध्यक्ष बुद्धिराम माझी,किसान आन्दोलनका मोरङ संयोजक गंगालाल राजभर लगायत पार्टीका कार्यकर्ता तथा नेताहरुको सहभागिता थियो ।

सम्बन्धित खबरहरु