विराटनगर १२ माघ । रोजगारीकालागि बिदेश जानलागेका यूवा वीरेन्द्र रातोसर्ट र कालो पैन्टमा सजिएर कोठाबाट आंगनमा निस्कन्छन । उनि संगसंगै उनकी श्रीमति समेत न्याउरो अनुहार लगाएर एउटा झोला हातमा लिएर निस्किन्छिन ।
आँगनमा मलिनो अनुहार लिएर उभिएका बृद्ध बाबुआमाले वीरेन्द्रलाई दहि,अबिर र अक्षताको टिका लगाईदिएर सयपत्री फुलको माला लगाई दिन्छन । वीरेन्द्रले बाबुआमाको चरण स्पर्श गर्छन र बाबुलाई अंगाल्छन । बृद्धबाबु र वीरेन्द्र दुवैको आँखा रसाउछ । लगत्तै श्रीमतिको हातबाट झोला थुतेर वीरेन्द्र गोबरले लिपिएको आँगनबाट बाहिरिन्छन । बाध्यताबश रोजगारीकालागि बिदेश जान लागेका वीरेन्द्रले झोला थुतेर आँगनबाट बाहिरिंदा श्रीमतिले अब मन थाम्न सक्दिनन उनि थच्चक्क आँगनमै बस्छिन र भक्कानिन्छिन । यत्तिकैमा निर्देशक राजु राजदेव चौधरीले ‘ओके कट भन्छन ।
यो मार्मिक दृष्य तराईमधेशका प्रत्येक गाउँहरुमा देखिने पछिल्लो दृष्य हो । परिवारको उज्जवल भविष्यकानिम्ति तथा साहु–महाजनको ऋणतिर्न बर्षेनी हजारौं यूवाहरुले आफ्नो खुशी र दाम्पत्य जीवनलाई तिलाञ्जली दिंदै खाडी लगायतका मुलुकमा बिदेशिने गरेका छन । यूवाहरुको यस्तै बाध्यता र अवस्थालाई मार्मिक चित्रण गरिएको मैथिली भाषाको गीतको यतिखेर भिडियो निर्माण हुँदैछ । मैथिली अनलालाइनको प्रस्तुति रहेको संदेश मुलक यो गीति भिडियोको विराटनगरकै मिथिलेश्वरी मिडिया प्रालिले निर्माण गरिरहेको छ । कर्ण संजयको शब्द रहेको यो गीतमा प्रबलदिप विश्वास,प्रज्वल कर्ण र अनुचौधरीले स्वर दिएका छन । गीतमा संगितपनि प्रबलदिपले नै भरेका छन ।
भिडियोमा भने बहुमुखी प्रतिभाका धनि यूवा पत्रकार वीरेन्द्र साह र लजिना सुवेदी लगायतका कलाकारहरुले अभिनय गरेका छन । गीतमा बिदेशिनुपरेका युवाहरुको पारिवारिक तथा समाजिक बाध्यता र अवस्था समेटिएको छ भने स्वदेशमै पौरख गरेर आयआर्जनगर्न सकिन्छ भन्ने संदेश दिन खोजिएको मिथिलेश्वरी मिडिया प्रालिका अध्यक्ष नवीन कर्णले बताउनुभयो ।
बाध्यताबश यूवाहरु बिदेशिनु परेपछि स्वदेशमा रहेका उनिहरुका प्रेयसिहरुको मनोभाव र पीडा समेटेर मैथिली भाषाकै अर्को गीतको समेत छांयांकन पुरा भएको छ । ‘हे यौ पिया परेदशिया किए नै अबैछी’ बोलको यो गीतमा संगिता कर्णको शब्द छ भने संगित प्रबलदिपको । यो गीतमा समेत अनु चौधरीले स्वर दिएकी छिन । बिदेश गएका यूवाहरुका प्रेयसीको चिन्ता र पर्खाइको ब्याकुलतालाई मार्मिकरुपमा यो गीतमा समेटिएको छ । यो गीतबाट नवोदित कलाकारकारुमा विराटनगरका आशिष आर्यनले सिने क्षेत्रमा पदार्पण गरेका छन भने उनको प्रेयसीको भुमिकामा पोख्त अभिनेत्री अनु तामाङले अभिनय गरेकी छिन ।
यूवाहरुको प्रेमिल प्रसंगलाई नै लक्षित गरेर मिथिलेश्वरी मिडिया र मैथिली अनलाइनले निर्माण गरिरहेको अर्को गीत हो ‘दिल ल’ गेलै दिलबर, रुमाल द’ गेलै’ मैथिली भाषाका चर्चित साहित्यकार रा।ना। सुधाकरको शब्द रहेको यो गीतमा प्रबलदिपको संगित छ । गीतमा प्रबलदिप विश्वास र अनु चौधरीले स्वर दिएका छन । यो गीतको भिडियोमा मैथिली सिने क्षेत्रका स्थापित कालाकाहरु लक्ष्मण मण्डल र अंजली चौधरीले अभिनय गरेका छन । यतिखेर भिडियो गीतहरुको छायांकन सकिएर सम्पादनको काम भइरहेको निर्माण पक्षले जनाएको छ भने ‘दिल ल’ गेलै दिलबर’ गीत मैथिली अनलाइनको युट्युब च्यानलमा सार्वजनिक समेत भइसकेको छ ।
सबै गीतहरुको निर्देशन मैथिली सिने क्षेत्रमा स्थापित कुशल निर्देशक राजु राजदेव चौधरीले गरेका छन भने सम्पादन निरज थारुले गरिरहेका छन । अस्कर कलेज काठमाण्डौबाट निर्देशनको शिक्षा लिएका निर्देशक चौधरीले हालसम्म बिभिन्न भाषाका ६ सय बढी म्युजिक भिडियो १ दर्जन बढी सिनेमाहरुको निर्देशन गरिसकेका छन । म्युजिक भिडियोमा आर के पाण्डेको कोरियोग्राफी छ भने छायांकन गणेश मण्डल र मोहनलाल दासले गरेका छन । अन्य गीतहरु समेत मैथिली अनलाइनको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिने मैथिली अनलाइनका प्रबन्ध निर्देशक पंकज बर्माले जानकारी दिनुभयो ।
भाषा उत्थान,स्वच्छ मनोरंजन तथा गीतसंगित मार्फत संदेश दिने उद्धेश्यले गीति भिडियो निर्माण गरिएको बर्माले बताउनुभयो ।