विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि झापाको बिर्तामोडस्थित निधि सेकेन्डरी स्कुलले जितेको छ।

​विराट खेलकुद क्लब, विराटनगरको आयोजनामा भूमिप्रशासन चोकस्थित विराट खेलकुद भलिबल प्रशिक्षण केन्द्र परिसरमा भएको फाइनल भिडन्तमा निधि सेकेन्डरी स्कुलले कान्तिपुर कलेज, विराटनगरलाई पराजित गर्दै उपाधि हात पारेको हो।

default

​रोमाञ्चक बनेको फाइनल खेलमा निधि सेकेन्डरी स्कुलले कान्तिपुर कलेजमाथि लगातार तीन सेटमा जित निकाल्दै ३–० को सोझो सेटमा खेल आफ्नो पक्षमा पार्यो।
​गत साउन ७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा कोशी प्रदेशका उच्च माध्यमिक विद्यालय तथा कलेजका १२ वटा टोलीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा प्रथम हुने निधि सेकेन्डरी स्कुलले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको कान्तिपुर कलेजले १० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

default

​विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई आयोजक विराट खेलकुद क्लबका अध्यक्ष मोहम्मद नसरुल र विराटनगर वडा नं. १० का वडाध्यक्ष अर्जुन गिरीले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

​कार्यक्रममा विराट खेलकुद क्लबका सचिव वीरेन्द्रप्रसाद चौधरी लगायत स्थानीय खेलप्रेमी र दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।

default

सम्बन्धित खबरहरु