विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी अधिकृत र जवानहरुको आँखा परीक्षण गरिएको छ ।
नेपाल औषधि ब्यवसायि संघ,मोरङ तथा विराट रानी आँखा अस्पतालको संयुक्त समन्वयमा जिल्ला प्रहरीमा कार्यरत प्रहरी अधिकृत र जवानहरुको आँखा जाँच गरिएको हो । सो क्रममा प्रहरीका साथै तिनका परिवारहरुकोपनि आँखा परीक्षण गरिएको थियो ।
आँखा जाँचको क्रममा प्रहरी कर्मचारीहरुमा आँखा सुख्खा हुने,आँखामा मासु पलाएको र एलर्जीका समस्याको साथै नजिकको दृष्टि सम्बन्धि समस्या देखिएको विराट रानी आँखा अस्पतालका प्रशासन प्रमुख रामकुमार पण्डितले जानकारी दिनुभयो । शिविरमा आँखा जाँच सेवा लिएकाहरुलाई सामान्य चश्माका साथै आवश्यक औषधि समेत निःशुल्करुपमा उपलब्ध गराईएको थियो ।
प्रहरी कर्मचारीहरु अहोरात्र जनताको सेवामा खटिने भएकाले उनिहरुलाई पायक पर्नेगरि कार्यालय परिसरमै आँखा जाँच शिविर आयोजना गरिएको नेपाल औषधि ब्यवसायि संघ,मोरङका अध्यक्ष देशबन्धु ढकालले बताउनुभयो ।
शिविरमा विराट रानी आँखा अस्पतालका दृष्टि विशेषज्ञ ज्योति राजबंशी र शिवकुमार मेहता सहितको ९ जनाको टोलीले प्रहरी कर्मचारीको आँखा जाँच गरेका थिए । कार्यक्रमकैबिच नेपाल औषधि ब्यवसायि संघ,मोरङले जिल्ला प्रहरी कार्यालयलाई एक सेट फस्र्ट एड किट समेत उपलब्ध गराएको जनाईएको छ ।

