बैशाख २२ । विराटनगर ७ स्थित कर्ण गोष्ठी महिला समुहको आयोजनामा महिलाहरुकालागि पाँचदिने क्रिस्टल तथा पोते माला बनाउने सिपमुलक तालिम शुरु भएको छ ।
विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो । कर्ण गोष्ठी महिला समुहको कार्यालय परिसरमा शुरु भएको तालिमको विराटनगर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले उद्घाटन गर्नुभयो । तालिममा महानगरका विभिन्न वडाका १५ जना महिलाहरुले सहभागिता जनाएका छन ।
उनिहरुलाई प्रशिक्षक पुनम कार्कीले प्रशिक्षण दिनुहुने जनाईएको छ । दैनिकरुपमा ३ घण्टा तालिम संचालन हुने आयोजक समितिले जनाएको छ । कार्यक्रममा बोल्नुहुँदै वडाध्यक्ष तिवारीले महानगरपालिकाले महिलाहरुको ब्यवसायिक सिप विकास गर्न विभिन्न तालिम तथा प्रशिक्षणहरु संचालन गर्दै आएको बताउनुभयो ।
सो अवसरमा बोल्नुहुँदै कर्ण गोष्ठी महिला समुहकी अध्यक्ष प्रमिला कर्णले तालिममा सहभागि महिलाहरु तालिम पश्चात आफुलाई आवश्यक पर्ने पोते तथा क्रिस्टलका मालाहरु बनाउने मात्र नभई ब्यवसायिक प्रयोजनकालागि समेत बनाएर बिक्री गर्न सक्षम हुने बताउनुभयो ।

