चैत्र २८ । विराटनगरस्थित मुडुला कार्की कुलायण समाजले आसन्न नयाँवर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम गरेको छ ।
समाजले विराटनगर ४ स्थित आफ्नो केन्द्रीय कार्यालय परिसरमा शनिवार शुभकामना सहितको विविध कार्यक्रम गरेको हो । कार्यक्रमकाबिच समाजले प्रकाशन गरेको भित्ते पात्रो लोकार्पण गरिएको थियो । समाजका केन्द्रीय अध्यक्ष रेबतबहादुर कार्की र विराटनगर ४ का वडाध्यक्ष जितन थापा लगायतले भित्ते पात्रो लोकार्पण गर्नुभयो ।
नव वर्षको सन्र्दभ पारेर २५ हजार भित्ते पात्रो प्रकाशन गरिएको मुडुला कार्की कुलायण समाजका उपाध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्नुहुँदै समाजका अध्यक्ष रेबतबहादुर कार्कीले समाजले कार्की बन्धुबान्धवको एकता,सहकार्य तथा उत्थानकालागि संस्थाले बिबिध कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले समुदायको एकता तथा संस्कृति संरक्षणको उद्धेश्य सहित प्रत्योकबर्ष बैशाख ११ गते गोठधुप पुजा तथा भदौ १९ गते समाजको स्थापना दिवस मनाउने गरिएको बताउनुभयो ।

समाजकै अग्रसरतामा सामुहिक जमरा राख्ने सहित सामाजिक कार्य अन्र्तगत बृद्धाश्रमका आश्रितलाई सहयोगको कार्यक्रम गर्ने गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै विराटनगर ४ का वडाध्यक्ष जितन थापाले पाश्चात्य संस्कृति हाबी हुँदै गएको सन्दर्भमा जातिय समुदायले आफ्नो धर्मसंस्कृतिको संरक्षण गर्न थप सजग र अग्रसर हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष ध्रुव कार्की,सल्लाहकार केदार कार्की र प्रदेश ल्याबका प्रकाश कार्की लगायतले शुभकामना मनतब्य राख्नुभयो । सो अवसरमा जलपान कार्यक्रम समेत गरिएको थियो ।
आफुलाई मोदगल्य ऋषिको बशंज मान्ने मुडुला कार्कीहरुको विराटनगरमा ४ सय ५० घरपरिवारको बसोबास रहेको जनाईएको छ ।

