कटहरी गाउँपालिकाका स्वास्थ्य शिक्षकहरुलाई सहभागि गराएर आयोजना गरिएको तिनदिने पोषण शिक्षा सम्बन्धि अभिमुखिकरण तालिम समापन भएको छ ।
कटहरी गाउँपालिकाको आयोजना तथा राष्ट्रिय सामुदायिक विकास केन्द्र विराटनगरको सहजिकरणमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका सामुदायिक तथा संस्थागत ३० विद्यालय र ३ वटा मदरसाका गरि ७७ जना स्वास्थ्य शिक्षकहरुले सहभागिता जनाएका छन । कार्यक्रम अन्र्तगत शिक्षक,शिक्षिकाहरुको समुह बनाएर तिनदिनसम्म तालिम संचालन गरिएको थियो ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत शिक्षक शिक्षिकाहरुकालागि अभिमुखीकरण तालिम आयोजना गरिएको गाँउपालिकाले जनाएको छ । तालिमले विद्यालय पोषण कार्यक्रमलाई सहयोग पु-याउने राष्ट्रिय सामुदायिक विकास केन्द्रका कार्यक्रम निर्देशक अम्बु बिष्टले बताउनुभयो ।

तालिम समापन सभालाई सम्बोधन गर्नुहुँदै कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले शिक्षक अभिमुखिकरणले नेपाल सरकारको दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्म पोषण मैत्री गाउँपालिका घोषणा गर्न सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले यस प्रकारका अन्य विविध कार्यक्रमहरु गाउँपालिकाले गर्दै आएको समेत जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागिलाई जहदा गाउँपालिकाका जनस्वास्थ्य अधिकृतद्वय अनुराग घिमिरे र प्रितम गुप्ता,जनस्वास्थ्यकर्मी सुरेन हास्दा र कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य अधिकृत गजेन्द्र यादव लगायतले तालिम दिनुभयो ।

सो अवसरमा बोल्नुहुँदै निजी विद्यालयका शिक्षकको तर्फबाट दिलिप माझीले शिक्षकहरुकालागि अभिमुखिकरण तालिम फलदायि भएको धारणा ब्यक्त गर्नुभयो ।

