विराटनगर ९ स्थित ग्रिनल्याण्ड उच्च माध्यमिक विद्यालयले विद्यार्थिहरुलाई सहभागि गराएर ‘अर्गयानिक रियाक्सन कन्र्भसन’ कार्यक्रम आयोजना गरेको छ ।

कक्षा १२ को विज्ञान संकायका विद्यार्थिहरुलाई सहभागि गराई कार्यक्रम गरिएको हो । एकदिने सो कार्यक्रम अन्र्तगत विद्यार्थिहरुले ‘अर्गयानिक रियाक्सन कन्र्भसन’ शिर्षकमा पोष्टर प्रर्दशन गरेका छन । सो क्रममा विद्यार्थिहरुले एउटा रसायनबाट अर्को रसायन कसरी बनाउन सकिन्छ भन्ने बिषयमा बिधि र प्रकृयाको चित्र तथा फर्मुला अंकितगरि पोष्टर प्रर्दशन गरेका थिए ।

विद्यार्थीहरुले प्रर्दशन गरेका पोष्टरमा उल्लेख गरिएका विधि र प्रकृयाको बिषयमा कलेजले नियुक्त गरेका निर्णायकद्वय महेन्द्र मोरङ कलेजका सह प्राध्यापक शिवकुमार यादव र डा.सुजित कुमार साहले मुल्यांकन समेत गर्नुभएको थियो । विद्यार्थीहरुले प्रस्तुत गरेका सो कार्यक्रम कक्षा १२ को रसायनशास्त्र अध्यन गर्ने विद्यार्थीहरुको कोर्ष भित्रैको पाठ्यक्रम रहेको जनाईएको छ ।

पोष्टर प्रर्दशनगर्दा विद्यार्थीहरुको प्रजेन्टेशन स्किल बढ्नुका साथै उनिहरुलाई कन्सेप्ट बनाउन समेत मदत पुग्ने विद्यालयका निर्देशक पवन साहले जानकारी दिनुभयो ।

सो क्रममा उत्कृष्ट प्रथम,दोश्रो र तेश्रो हुने समुहलाई नगद सहित पुरस्कृत समेत गरिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा अल्डेहाईड ग्रुप प्रथम,नाईट्रो ग्रुप दोश्रो र अल्कोहोल ग्रुप तेश्रो भएको थियो । उनिहरुलाई क्रमशः नगद १५ हजार,१० हजार र ५ हजार राशिको पुरस्कार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल दिनेश कुमार दाहालले जानकारी दिनुभयो । विद्यालयले १५ देखी २० जर्नाको समुह बनाएर विद्यार्थीलाई पोष्टर प्रर्दशनमा सहभागि गराएको थियो ।

सो विद्यालयको विज्ञान संकायमा ७ सय ५० सहित १ हजार ५ सय बढी विद्यार्थी अध्यनरत छन भने ७५ बढी शिक्षक कर्मचारी कार्यरत रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु