विराटनगर–१०, स्थित कोशी विद्या मन्दिर (केभिएम) स्कुलले विज्ञान प्रदर्शनी तथा खाद्य मेला आयोजना गरेको छ ।

सो विद्यालयले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने र उनीहरूलाई प्रयोगात्मक सिकाइमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो । प्रदर्शनीमा विद्यार्थीहरूले आफूले कक्षाकोठामा अध्ययन गरेका विषयवस्तुलाई व्यवहारिक रूपमा उतार्दै विभिन्न वैज्ञानिक आविष्कार र नमुनाहरू प्रस्तुत गरेका थिए ।

सो क्रममा विद्यार्थीहरूले हाइड्रोलिक प्रणाली, वाटर मिल, वाटर साइकल, रोबोट, रकेट, सिटी मोडल, सोलार सिस्टम र भिलेज मोडल सहित विद्यालयको वेभसाईट समेत बनाएर प्रर्दशन गरेको विद्यालयका डाइरेक्टर सिएम रिजालले जानकारी दिनुभयो । प्रदर्शनीमा विज्ञानसँग सम्बन्धित १० वटा र विभिन्न खाद्य परिकारका ६ वटा स्टलहरू राखिएको थियो ।

विद्यालयका प्रिन्सिपल चुडाचन्द्र श्रेष्ठले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अब्बल बनाउन यस्ता प्रदर्शनीले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीको चौतर्फी विकासकालागि गुणस्तरीय शिक्षासँगै उनीहरूको सिर्जनशीलतालाई उजागरगर्ने कार्यलाई विद्यालयले प्राथमिकता दिदै आएको बताउनुभयो ।

सो अवसरमा फुडस्टल संचालन गरेका विद्यार्थीहरुले ईन्डीयन,चाइृनिज,कन्टिनेन्टल,ईटालियन र अमेरिकन परिकार तयार पारेका थिए भने उनिहरुले ति परिकारहरुको विक्री समेत गरेका थिए । स्थानीय एरागन होटल स्कुलसंगको सहकार्यमा फुड फेस्टिभल संचालन गरिएको स्कुलले जनाएको छ । सोहि अवसरमा कक्षा १० का विद्यार्थीले हेल्थ क्याम्पस समेत संचालन गरेका थिए ।

उक्त विद्यालयमा ६ सय विद्यार्थी अध्यनरत छन भने ४० जना शिक्षक कर्मचारी कार्यरत रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु