कटहरी २१ माघ । मोरङको कटहरी गाउँपालिकाका युवाहरुलाई लक्षित गरेर एक महिने निःशुल्क कुक तालिम शुरु भएको छ ।

कटहरी गाउँपालिकाको आर्थिक सहयोग र एक्सपर्ट टेक्निकल कलेज नेपाल प्रा.लि.को प्राबिधिक सहयोगमा तालिम आयोजना गरिएको हो । कटहरीको १ नम्बर वडा कार्यालय परिसरमा शुरु भएको तालिमको कटहरीका अध्यक्ष देवराज चौधरीले उद्घाटन गर्नुभयो । तालिममा कटहरीको विभिन्न वडाका आदिवासी तथा दलित समुदायका २० जना युवा युवतीहरुको सहभागिता छ ।

सहभागि युवा युवतीलाई ईन्डियन,चाईनिज र कन्टिनेन्टलगरि ५० बढी परिकारहरु बनाउन सिकाईने एक्सपर्ट टेक्निकल कलेजका कार्यक्रम संयोजक कृष्ण खनालले जानकारी दिनुभयो । प्रशिक्षक परिवेश राजधामीले सहभागिलाई तालिम दिने प्रदायक संस्थाले जनाएको छ ।

सो अवसरमा बोल्नुहुँदै कटहरीका अध्यक्ष चौधरीले युवाहरुलाई रोजगार र स्वरोजगार बनाउने उद्धेश्यले पालिकाले संचालनगर्ने विभिन्न कार्यक्रम अन्र्तगत कुक तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले तालिम लिएपछि युवाहरु स्वदेशमैं स्वरोजगार हुनसक्नुका साथै विदेश गएपनि राम्रो आय आर्जन गर्नसक्ने विश्वास ब्यक्त गर्नुभयो ।

कटहरी गाउँपालिकाको वडानम्बर १ का वडाध्यक्ष हरिनारायण राजवंशीले तालिमबाट सिप सिकेपछि सहभागिले त्यसलाई ब्यवहारमा उतार्न सके मात्र तालिमको उद्धेश्य सफल हुने बताउनुभयो । कार्यक्रममा वडानम्बर १ वडा सदस्य सन्तोष राजवंशी लगायतले शुभकामना मनतब्य राख्नुभयो ।

सहभागि युवायुवतीलाई एक महिनामा १ सय ६० घन्टा तालिम प्रदान गरिने प्रदायक संस्थाले जनाएको छ । फागुन २१ गते तालिम समापन हुनेछ ।

सम्बन्धित खबरहरु