माघ १९ । विराटनगरको वडानम्बर १६ मा नवनिर्मित श्रीराधाकृष्ण मन्दिरमा स्थापना गरिने मुर्तिको प्राणप्रतिष्ठा कार्यक्रम शुरु भएको छ ।

स्थानीय बिराट भजन समुहको अगुवाईमा प्रहरी तालिम केन्द्रको दक्षिणपुर्व भगवान श्रीराधाकृष्णको मन्दिर तथा सामुदायिक भवन निर्माण गरिएको हो । सोहि मन्दिरमा स्थापना गरिने मुर्तिको सोमबारबाट ५ दिने प्राणप्रतिष्ठा समारोह शुरु भएको हो । कार्यक्रमको पहिलोदिन भगवान राधाकृष्णको मुर्तिलाई घोडाको बग्घीमा सवार गराई विराटनगर १६ सहित सिमाक्षेत्रका विभिन्न क्षेत्रको परिक्रमा गराईएको छ ।

सो क्रममा नेपाल प्रहरीको ब्याण्डबाजा सहित कलशयात्रा गर्दै मुर्तिलाई नगर परिक्रमा गराईएको थियो । उक्त क्षेत्रमा भगवान राधाकृष्णको मन्दिर नभएकाले पुजापाठ गर्न समस्या हुँदै आएकोमा समुहमा आबद्ध महिलाहरुको निरन्तर १२ बर्षसम्मको प्रयासपछि मन्दिर तथा सामुदायिक भवनको निर्माण गर्न सफल भएको बिराट भजन समुहका अध्यक्ष उमा जोशीले बताउनुभयो ।

मन्दिरमा स्थापना गरिने मुर्तिको दैनिक पुजा अर्चना गर्नुका साथै माघ २३ गते बिधिवत प्राणप्रतिष्ठागरि स्थापना गरिने बिराट भजन समुहले जनाएको छ । उक्त मन्दिरको निर्माणगर्न स्थानीय चुन्नु गुप्ताले १६ धुर जग्गा दान दिनुका साथै मुर्ति खरीद तथा थप एकलाख रुपैया नगद सहयोग गर्नुभएको निर्माण समितिका अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।

उहाँले हालसम्म मन्दिर निर्माण गर्न ६० लाख बढी खर्च भएकोमा वडानम्बर १६ कार्यालयले २० लाख रुपैया बजेट उपलब्ध गराएको जानकारी समेत दिनुभयो । पछिल्लो समय प्रदेश सरकारले समेत मन्दिर तथा सामुदायिक भवनकालागि साढे १२ लाख रुपैया बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।

भदौ २३ गते श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पीठाधिश स्वामी अच्युत प्रपन्नाचार्यले मुर्तिको प्राण प्रतिष्ठा गर्नुहुने जनाईएको छ ।

सम्बन्धित खबरहरु