माघ १९ । कटहरी गाउँपालिकाका झण्डै पाँचसय गर्भवती तथा सुत्केरी महिलालाई गाउँपालिकाले कृषि उपज सम्बन्धि पोशक तत्व र किटनाशक औषधि वितरण शुरु गरेको छ ।
नेपाल सरकारको सुनौलो हजार दिन कार्यक्रम अन्र्तगत पर्ने सुत्केरी तथा गर्भवती महिला लाई आफुले उब्जनी गर्दा खेतबारीमा प्रयोग गर्न मिल्ने आवश्यक पोशक तत्व र किटनाशक औषधि वितरण गरिएको छ । कार्यक्रमको पहिलोदिन कटहरीको ३ नम्बर वडाका विभिन्न बस्तीका सुनौलो हजार दिन भित्र पर्ने महिलालाई १६ थरिका पोशक तत्व र ८ प्रकारका बिषादि वितरण गरिएको हो ।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमकाबिच गाउँपालिकाका अध्यक्ष देवराज चौधरी,उपाध्यक्ष सीतादेवी राजबंशी र कटहरी ३ का वडाध्यक्ष जदुलाल कामतले महिला तथा तिनका प्रतिनिधिलाई ति सामाग्रिहरु हस्तान्तरण गर्नुभयो ।
एकहजार दिनभित्र नवजात शिशुको ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो समयमा गर्भवती तथा प्रसुतिले पोसिलो तथा हानिकारक बिसादि रहित सागसब्जी सहितका कृषि उपज खान सकुन भन्ने उद्धेश्ययले आफ्नै खेतबारी मा प्रयोग गर्नेगरि पोशक तत्व तथा बिषादि उपलब्ध गराईएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताउनुभयो । उहाँले पालिका भित्रका न्युन आयश्रोत भएका तर सुनौलो हजार दिनभित्र पर्ने महिलाहरुलाई यस कार्यक्रममा समावेश गरिएको जानकारी समेत गराउनुभयो ।

कार्यक्रमकाबिच महिलाहरुलाई कृषि उपजकालागि पोशक तत्वकोरुपमा गड्यौलाको मल,क्याल्शियम,बोरन र एनपिके सहित बिषादिमा निम तेल सहितका हानिकारक रशायन मुक्त बिषादि हस्तान्तरण गरिएको थियो । महिला आश्रित परिवारको नाममा रहेको जग्गा तथा खेतबारीको आश्यकता अनुसारको मात्रामा ति सामाग्रि उपलब्ध गराईएको छ ।
कटहरी ३ बाट शुरु गरिएको यो क्रार्यक्रम अन्र्तगत सातबटै वडाका सुनौलो हजार दिन भित्र पर्ने महिलाहरुलाई कृषि उपज पोशक तत्व र बिषादि वितरण गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रमको पहिलोदिन कटहरी ३ का ७० जना प्रसुती तथा गर्भवती महिलालाई ति सामाग्रि वितरण गरिएको छ ।
गाउँपालिकाले प्रत्येक वडाका ७० जनागरि ७ वटै वडाका ४ सय ९० जनालाई यि सामाग्रिहरु वितरण गर्न लागेको हो ।





