विराटनगर १५ माघ । विराटनगर ७ स्थित ग्रेडेड ईगलिस सेकेण्डरी स्कुलले विद्यार्थीकालागि तिनदिने खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।
सो स्कुलले विद्यालयका सम्पुुर्ण विद्यार्थीहरुलाई सहभागि गराएर ‘ग्रेडेड स्पोर्टस मिट २०८२’ आयोजना गरेको हो । तिनदिने प्रतियोगिताको पहिलोदिन बुधबार विभिन्न कक्षा समुहको दौड लगायतको प्रतिस्पर्धा सम्पन्न भएको छ । जुनियर कक्षाका विद्यार्थीकालागि विद्यालय परिसरमा तथा हाटखोला मैदानमा सिनियर विद्यार्थीहरुको विभिन्न प्रतिस्पर्धा आयोजना गरिएको छ ।
प्रतियोगितामा दौड प्रतियोगिताका साथै टेबल टेनिस, भलिबल, ज्याभलिङ थ्रो,डोरी तान र कबड्डी सहितका विभिन्न प्रकारका खेलको प्रतिस्पर्धा आयोजना गरिने स्कुलले जनाएको छ । विद्यार्थीहरुको सर्वांगिण विकासका निम्ति स्कुलको क्यालेण्डर अनुसार प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रिन्सिपल प्रेम सिंह सुवालले बताउनुभयो । प्रतियोगितामा नर्सरी देखी कक्षा १० सम्मका करीब ७ सय विद्यार्थीले सहभागीता जनाईरहेको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिता समापनको अन्तिम दिन माघ १७ गते विभिन्न विधाका बिजयी विद्यार्थीहरुलाई पुरस्कारस्वरुप मेडल तथा प्रमाणपत्र प्रदान गरिने स्कुलले जनाएको छ ।

