कटहरी १० माघ । कोशी प्रदेशका वन तथा वातावरण मन्त्री भीम पराजुलीले मुलुकलाई सकारात्मक दिशातर्फ डो¥याउन सक्ने राजनीतिको आवश्यकता रहेको बताउनुभएको छ ।

मोरङको कटहरी गाउँपालिका–१ स्थित जागृति महिला उत्थान समाजको प्रथम वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पराजुलीलले चुनाव जित्नकैलागि मात्र राजनीति गर्ने नभई समाजसंग प्रत्यक्ष जोडिएर समाजलाई सही दिशामा डो¥याउन सक्ने राजनीति मुलुकको आवश्यकता भएको बताउनुभयो ।

उहाँले स्थानिय र प्रदेश सरकार जनतासंग प्रत्यक्ष जोडिएको सरकार भएकाले सर्वसाधारणको सुखदुख तथा उनिहरुको आवश्यकता अनुसार हातेमालो गरेर समाज उन्नयन तथा विकास निर्माणको क्षेत्रमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री पराजुलीलले आफुले नेतृत्व गरेको मन्त्रालयले प्रदेश भित्रका मठमन्दिर सहितका विभिन्न धर्म समुदायका धार्मिक स्थलको संरक्षण,प्रर्बधन तथा पर्यटन क्षेत्रको विकासमा लागि परेको बताउनुभयो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कटहरी ६ को बालुघाटमा रहेको १२ बिगहा क्षेत्रफलको सरकारी जग्गालाई पर्यटकिय क्षेत्रकोरुपमा विकास गर्न मन्त्री पराजुलीको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रमकाबिच कटहरीका विभिन्न टोल बस्तीका ७० जनालाई झुल वितरण गरिएको थियो । जागृति महिला उत्थान समाजको प्रथम वार्षिकोत्सवको अवसरमा ज्येष्ठ नागरीक सहित विपन्न तथा एकल महिलाहरु लाई झुल वितरण गरिएको अध्यक्ष सरस्वती यादव माझीले जानकारी दिनुभयो ।

समाज स्थापनाको पहिलो बर्षमै ग्रामीण क्षेत्रका सर्वसाधारणको शिक्षा,स्वास्थ्य सहित महिला उत्थानको क्षेत्रमा महत्वपुर्ण कार्यहरु गर्न सफल भएको कटहरी १ का वडाध्यक्ष हरिनारायण राजबंशीले बताउनुभयो ।

सम्बन्धित खबरहरु