विराटनगर १४ पुष । तमु लोसार २०८२ को अवसरमा विराटनगरमा सद्भावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद,महानगर ईकाई कमिटि विराटनगरको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको बुढी गंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले उद्घाटन गर्नुभयो । प्रतियोगितामा ५० बढीले सहभागिता जनाएका छन ।
स्थानिय शहिद रंगशाला सामुन्नेबाट सोमबार बिहान शुरु भएको दौड प्रतियोगिताका सहभागिले जिल्ला प्रशासन चोकबाट,गोल्छाचोक,मेनरोडहुँदै हस्पीटल चोकबाट फेरी शहिद रंगशालामा पुगेर समापन भएको थियो । झण्डै तिन किलोमिटरको सो दौड प्रतियोगितामा पुरुषतर्फ नितेश भट्टराई प्रथम,सुरज चौधरी दोश्रो र प्रियान्सु चौधरी तेश्रो भएका छन ।
यस्तै महिलातर्फ अर्चना चौधरी प्रथम,पार्वती कायस्थ दोश्रो र भुमिका माझी तेश्रो भएको आयोजक समितिका कार्यवाहक अध्यक्ष श्याम गुरुङले जानकारी दिनुभयो । ५० बर्ष माथिका पुरुषतर्फ भने सुबोध चौधरी प्रथम भएको जनाईएको छ ।

बिजयीहरुलाई तमु लोसारको अवसरमा मंगलबार दिउसो आयोजनाहुने तमु लोसार बिशेष कार्यक्रमकाबिच प्रमाणपत्र र मायाको चिनो सहित सम्मान गरिने आयोजक समितिले जनाएको छ । म्याराथनमा आदिवासी जनजाति भित्र पर्ने विभिन्न जातजातिका युवायुवती तथा महिला पुरुषको सहभागिता थियो ।
प्रतियोगितामा विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाले सहयोग गरेको थियो ।

