विराटनगर १३ पुष । कटहरीमा जारी पाँचौ संस्करणको वडाध्यक्ष कप क्रिकेट प्रतियोगितामा कटहरी ३ को टिम सेमिफाईनलमा प्रवेश गरेको छ ।

घरेलु टोली कटहरी ४ को टिमलाई ६० रनले पराजितगर्दै कटहरी ३ ले सेमि फाईनलको यात्रा तय गरेको हो । प्रतियोगिताको दोश्रो दिनको खेलमा टस जितेर कटहरी ४ ले फिल्डिङ रोजेपछि कटहरी ३ ब्याटिङकालागि मैदानमा उत्रिएको थियो ।

सो क्रममा विजेता टिमले २० ओभर खेल्दै १ सय ८९ रन बनाएर विपक्षिलाई १ सय ९० रनको टार्गेट दिएको थियो । विजेता टिमको तर्फबाट सन्तोष चौधरीले ३९ बलमा सर्वाधिक ५३ रन बनाए भने अभिषेक कार्कीले २७ बलमा ५२ रन बनाए भने बलिङ तर्फ निरज मुखियाले ४ ओभरमा ३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको कटहरी ४ को टिम २० ओभर खेल्दै १ सय २९ रनमा सिमित भएको स्कोरर दिपेन्द्र शर्माले जानकारी दिएका छन । उक्त टिमकालागि साकिब हकले ३१ बलमा ४२ रन र बिकास कामतले २३ बलमा १६ रन बनाए भने बलिङतर्फ मुकेश यादवले ४ ओभरमा ३ विकेट लिएका थिए ।

प्रतियोगिताको म्यान अफ दि म्याच कटहरी ३ का अभिषेक कार्की घोषित भएका छन । सोमबारको खेल बि.सि.सि.ए. विराटनगर र अर्जुनधारा नगरपालिकाबिच हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा झापा,मोरङ र सुनसरीका ८ वटा राष्ट्रिय स्तरका टिमहरुको सहभागिता छ ।

उपाधि विजेता हुने टिमलाई नगद ५१ हजार र ट्रफी तथा उपबिजेता हुने टिमलाई २५ हजार तथा ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ । स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा प्रर्बधनगर्न प्रतियोगिता आयोजना गरिएको कटहरी ३ का वडाध्यक्ष जदुलाल कामतले बताउनुभयो । पुष १२ गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल प्रतिस्पर्धा पुष १९ गते शनिवार हुने तालिका छ ।

प्रतियोगिताकालागि वडा कार्यालयले ४ लाख रुपैया बजेट विनियोजन गरेको जनाईएको छ ।

सम्बन्धित खबरहरु