विराटनगर ९ पुष । अपाङता भएका ब्यक्तीहरुको संस्थाका पदाधिकारीकालागि पैरवी,सिप सम्बन्धि क्षमता विकास तालिम आयोजना गरिएको छ ।
राष्ट्रिय अपाङ महासंघ कोशी प्रदेशको आयोजनामा ३ दिने तालिम आयोजना गरिएको हो । विराटनगरको एक होटलमा आयोजना गरिएको तालिममा सुनसरी र धनकुटा जिल्लाका अपाङता सम्बन्धि संस्थाका ३८ जनाको सहभागिता छ ।
तालिममा सुनसरी र धनकुटा जिल्लाका १९ वटा पालिकाहरुबाट २-२ जनालाई सहभागि गराईएको महासंघका कोशी प्रदेश फिल्ड संयोजक संजय घोषले जानकारी दिनुभयो । सहभागिलाई राष्ट्रिय अपाङ महासंघ कोशी प्रदेशका अध्यक्ष नवीनचन्द्र ढुंगेल र सचिव गोपालमान थापाले तालिम दिईरहनुभएको छ ।
सहभागिलाई पैरवी कसरी गर्ने र बिषय छनौट,पैरवीपत्र तयारगर्दा ध्यानदिनुपर्ने कुराहरु र समावेशी विकासको अवधारणपत्रका साथै पहुँचयुक्त भौतिक संरचनाको मापन विधि लागयतका बिषयमा प्रशिक्षण दिईने महासंघले जनाएको छ ।
यसअघि महासंघले ताप्लेजुङ,तेह्रथुम,झापा र मोरङका सहभागिलाई यस्तै बिषयमा तालिम दिईसकेको जनाएको छ । क्षमता विकासको यो तालिममा प्रदेशभरिका सबै जिल्लालाई सहभागि गराउने कार्ययोजना रहेको महासंघले जनाएको छ ।
करुणा फाउण्डेशन नेपालको आर्थिक सहयोग तथा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा मा तालिम आयोजना गरिएको हो ।





