दुहबी नगरपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा पूर्व विद्यार्थीहरूको सहयोगमा निर्माणहुँदै आएको सरस्वती मन्दिरको निर्माणकार्य ८० प्रतिशत पूरा भएको छ ।
उक्त विद्यालय परिसरमा रहेको साबिकको मन्दिर जीर्ण भएपछि पुर्व विद्यार्थीहरुले आफ्नै लगानीमा आरसिसि संरचनामा नयाँ मन्दिर निर्माण गराईरहेका छन । विद्यार्थीहरुले विद्यालय हाताभित्र १०–१० फिट लम्बाई चौडाई तथा २० फिट उँचाईको मन्दिर निर्माण गरिरहेका छन ।
साबिकको मन्दिर जीर्णभएपछि उक्त विद्यालयबाट २०६० सालमा एसएलसी गरेका विद्यार्थीहरुले सुर्दशन भट्टराईको अध्यक्षतामा ९ सदस्यिय निर्माण समिति गठनगरि निर्माण कार्य शुरु गरेका हुन । हालसम्म मन्दिरको ८० प्रतिशत निर्माण पुरा भएको निर्माण समितिका सचिव सतिस चौधरीले जानकारी दिनुभयो ।
उहाँले स्थानीय तह र विद्यालयबाट कुनै रकम नलिई पुर्व विद्यार्थी,शिक्षक,कर्मचारी र स्वेच्छिक दाताको सहयोगबाट निर्माण कार्यलाई निरन्तरता दिईएको जानकारी समेत दिनुभयो । झण्डै साढे १४ लाखको लागतमा निर्माणगर्ने लक्ष्य राखिएको मन्दिर निर्माण सम्पन्नका निम्ति अब थोरै रकम अपुग रहेको उहाँले बताउनुभयो ।
आउँदो सरस्वती पूजाको अवसरमा मन्दिरको निर्माणकार्य पुरागरि विद्यालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको समेत चौधरीले बताउनुभयो । पुर्व विद्यार्थीहरुको आफुले पढेको विद्यालय प्रतिको लगाव सराहनीय रहेको विद्यालयका प्रधानाध्यापक तेजप्रसाद तिम्सिनाले बताउनुभयो ।
उहाँले विद्यालय परिसरमा विद्याको देवीको मन्दिर हुँदा विद्यार्थीहरुमा सकारात्मक सोंचको विकासहुने र त्यसले अध्ययनमा समेत उनिहरुलाई सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
सो विद्यालयमा हाल बाल कक्षादेखी १२ सम्म झण्डै १ हजार विद्यार्थी अध्यनरत रहेको विद्यालयले जनाएको छ । विद्यालयको नाममा १७ बिगहा जग्गा रहेकोमा विद्यालय परिसर २ बिगहा क्षेत्रफलमा फैलिएको छ ।
विक्रम सम्बत २०१३ साल माघ २३ गते उक्त विद्यालयको स्थापना भएको जनाईएको छ ।





