सिरहा — उज्यालो नेपाल पार्टीको सिरहा नगर संयोजकमा श्रवण पासवान चयन भएका छन्। पार्टीका केन्द्रीय सदस्य इन्जिनियर तेजनारायण यादवको अध्यक्षतामा मंसिर १३ गते बसेको नगरस्तरीय बैठकले पासवानलाई सर्वसम्मत रूपमा नगर संयोजकमा चयन गरेको हो।

उक्त बैठकले नगर सह–संयोजकमा सुमन कामतीसचिवमा सुजित कुमार मण्डललाई मनोनयन गरेको उज्यालो नेपाल पार्टी सिरहा कार्यालयले जनाएको छ।

बैठकमा संगठनको नगरस्तरीय संरचना विस्तार, संगठन सुदृढीकरण र आगामी कार्य योजनाबारे विस्तृत छलफल गरिएको सिरहा नगर समितिले जनाएको छ।

नयाँ नेतृत्व चयनसँगै उज्यालो नेपाल पार्टीका गतिविधि सिरहा क्षेत्रमा थप प्रभावकारी र व्यवस्थित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबरहरु