विराटनगरका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रा.डा. नवीन कर्ण नेपाल आथ्र्रोस्कोपी संघको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
काठमाण्डौमा सम्पन्न संघको निर्वाचन प्रक्रियाबाट डा. कर्णको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत बनेको निर्वाचन अधिकृत डा. सुदीप मान वैद्यले जानकारी दिनुभयो।
डा. कर्णसँगै संघको मनोनित अध्यक्षमा डा. चन्द्रबहादुर मिश्र, उपाध्यक्षमा राजीव राज मानन्धर, महासचिवमा निरब कायस्थ, कोषाध्यक्षमा राजिव शर्मा र संयुक्त सचिवमा नवीन त्रिपाठी सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
यस्तै सदस्यमा सुवास गुरुङ, सुदीप खनाल, सुभास लाल कर्ण, राम कुमार यादव र मोहित थापा मगर रहेका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल २०२५ देखि २०२७ सम्म रहने जनाइएको छ।
नेपाल आथ्र्रोस्कोपी संघले देशभरका आर्थोपेडिक तथा आथ्र्रोस्कोपी विशेषज्ञहरूलाई संगठित गर्दै अनुसन्धान, उपचार, शिक्षा तथा पेशागत विकासमा निरन्तर योगदान गर्दै आएको छ।
नयाँ कार्यसमितिबाट संघको कार्यक्षमता र गतिविधि अझ प्रभावकारी हुने अपेक्षा राखिएको छ।

