मोरङको कटहरी गाउँपालिकामा नयाँ प्रशासकिय अधिकृतले कार्यभार सम्हालेका छन ।

विराटनगर १ निवासी प्रमोद चौधरीले कटहरी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यभार सम्हाल्नुभएको छ । यसअघिका प्रशासकिय अधिकृत तेजिन्द्र गौतमको सरुवा भएपछि उहाँको ठाउँमा चौधरी प्रशासकिय अधिकृतमा नियुक्त हुनु भएको हो । गाउँपालिकाले बिहीबार प्रशासकिय अधिकृतहरुको विदाई तथा स्वागत कार्यक्रम समेत गरेको छ ।

सो क्रममा आठराईको त्रिवेणी गाउँपालिकाबाट सरुवा भई आउनुभएका चौधरीलाई स्वागत गरिएको छ भने कटहरीबाट नुवाकोटको तादी गाउँपालिकामा विदाई हुनु भएका गौतमलाई बिदाई गरिएको छ । गौतम २०८१ मंसिर १२ गते कटहरी गाउँपालिकामा हाजिर हुनु भएको थियो ।

विदाई तथा स्वागत कार्यक्रममा कटहरीका अध्यक्ष देवराज चौधरी,उपाध्यक्ष सीतादेवी राजवंशी र कार्यपालिका सदस्य श्याम मण्डल लगायतका जनप्रतिनिधिले उहाँहरुलाई स्वागत तथा विदाई गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष चौधरीले कटहरीले बिगतमापनि अब्बल र कुशल प्रशासकिय अधिकृतहरु पाएकाले गाउँपालिकाले ८५ प्रतिशतसम्म कार्य सम्पादनगरि देशभरिमैं नमुना पालिकाकोरुपमा पहिचान बनाउन सफल भएको बताउनुभयो । उहाँले नवआगन्तुक प्रशासकिय अधिकृत चौधरीलेपनि कटहरीको शाख र गरिमालाई अझ बढाएर लैजानेमा विश्वास समेत ब्यक्त गर्नुभयो ।

नवआगन्तुक प्रशासकिय अधिकृत चौधरीले भने स्थानीय सरकारको उद्धेश्य अनुसार जनप्रतिनिधि तथा जनतासग हातेमालोगर्दै जनमुुखी कार्यहरुलाई निरन्तरता दिने बताउनुभयो ।

पुर्व प्रशासकिय अधिकृत गौतमले आफुले जनप्रतिनिधि र जनताको चाहना अनुसार नै सेवा दिने प्रयास गरेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुले अभिभावकत्व प्रदान गरेकाले आफ्नो कार्यकालमा कृषि,शिक्षा,स्वास्थय र भौतिक पुर्वाधारको क्षेत्रमा महत्वपुर्ण कार्यहरु भएको स्मरण गर्नुभयो ।

२०७९ को निर्वाचन यता कटहरीमा चौथो प्रशासकिय अधिकृतकोरुपमा चौधरीको आगमन भएको हो ।

सम्बन्धित खबरहरु