सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीले निःशुल्क स्वास्थय परीक्षण शिविर संचालन गरेको छ ।

सामुदायिकले तिनपैनीचोकमा आयोजना गरेको स्वास्थ्य शिविरबाट १ सय ७ जनाले स्वास्थ्य सेवा लिएका छन । शिविरमा रक्तचाप परीक्षण र मधुमेह जाँचका साथै तौल मापन,पल्स रेट जाँच र अक्सि मिटर जाँच सेवा उपलब्ध गराईएको कार्यक्रम संयोजक सन्तोष बाहेती ‘माईकल’ ले जानकारी दिनुभयो ।

बितेको आर्थिक बर्षबाटै नियमित निःशुल्क स्वास्थय परीक्षण शुरु गरिएको भएपनि जेनजी आन्दोलनको क्रममा सामुदायिक कार्यालयमा पुगेको क्षतिका कारण रोकिएको निःशुल्क स्वास्थय परीक्षण शिविरलाई फेरी निरन्तरता दिईएको सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीका अध्यक्ष मीना जोशीले जानकारी दिनुभयो ।

शिविरमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कट्वालले समेत स्वास्थ्य परीक्षण गराउनुभयो । चोकमै शिविर संचालन भएपछि वरिपरिका ज्येष्ठ नागरीक तथा अशक्तलाई स्वास्थय परीक्षण गराउन सहजता भएको थियो ।

शिविरमा समाजसेवी चम्पालाल राठी र अटल क्लिनिक प्याथ ल्याबले प्राबिधिक सहयोग उपपलब्ध गराएको सामुदायिक तिनपैनीले जनाएको छ ।

सम्बन्धित खबरहरु