विराटनगरस्थित पारस हस्पिटलले चालु आर्थिकबर्षको ५ महिनामा गरिब तथा विपन्नलाई १ करोड बढीको छुट सुबिधा उपलब्ध गराएको जनाएको छ ।
सो अस्पतालले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा अस्पतालको प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रमकाबिच सो जानकारी गराएको हो । कार्यक्रममा अस्पतालको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले अस्पतालले चालु आबको ५ महिनामा बिपन्न समुदायलाई १ करोड ११ लाख ६५ हजार बढीको छुट सुबिधा उपलब्ध गराएको बताउनुभयो ।
उहाँले बितेको आर्थिक बर्षमा भने बिपन्न समुदायले अस्पतालबाट २ करोड १० लाख ५८ हजार बढीको छुट सुबिधा हासिल गरेको जानकारी गराउनुभयो । मेहताले २०७९ बाट संचालनमा आएको हस्पिटलले हालसम्म ५५ हजार ५ सय ६० जना विरामीलाई ओपिडि तथा अस्पताल भर्ना गरेर उपचार सेवा दिएको बताउनुभयो ।

यसैगरि सो अवधिमा अस्पतालमा ७ हजार ८ सय ६५ वटा विभिन्न प्रकारका शल्यक्रियाहरु गरिएको समेत जानकारी गराउनुभयो । अस्पतालका अध्यक्ष डा.सफिउर रहमानले आर्थिक अभावकै कारण कोहि पनि बिरामी स्वास्थय सेवा लिनबाट बंचित हुनु नपरोस भन्ने उद्धेश्यले अस्पतालले सेवा दिईरहेको बताउनुभयो । सो अवसरमा उहाँले छिट्टै अस्पतालले आफ्नै संरचना निर्माणगरि सेवा विस्तार गर्ने गृहकार्य गरिरहेको समेत जानकारी गराउनुभयो ।
२०७९ सालमा अस्पताल स्थापना भएयताअस्पतालले हालसम्म गरिब,बिपन्न तथा बेसहारा बिरामीलाई ३ करोड ७२ लाख ४५ हजार ९ सय ८७ रुपैया बराबरको छुट सुबिधा उपलब्ध गराएको सो अवसरमा जनाईएको थियो ।
सो अवसरमा बोल्नुहुँदै नेपाल पत्रकार महासंघकी मोरङ अध्यक्ष सुशिला पाठक,नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित र प्रेस सेन्टर मोरङका अध्यक्ष नवीन कर्ण लगायतले अस्पतालले गरिब तथा विपन्न बिरामीको स्वास्थ्य सेवामा पु-याएको योगदानको प्रशंसा गर्नुभयो ।
