नेपाल राष्ट्रिय बांग्ला समाजको नव गठित कोशी प्रदेश समितिका पदाधिकारीलाई सपथ ग्रहण गराईएको छ ।

विराटनगरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमकाबिच नवगठित प्रदेश कमिटीका पदाधिकारीलाई सपथ ग्रहण गराईएको हो । नेपाल राष्ट्रिय बांग्ला समाजका संस्थापक अध्यक्ष पार्थो सरकारले प्रदेशका पदाधिकारीलाई सपथ ग्रहण गराउनुभयो ।

सुन्दर हरैंचा नगरपालिकामा बितेको अषाढ ७ गते भएको समाजको भेलाबाट रंगेली नगरपालिकाका प्रमोदकुमार चक्रबर्तीलाई प्रदेश ईन्चार्ज तोकेर उहाँको नेतृत्वमा ३७ सदस्यीय कोशी प्रदेश कमिटी गठन गरिएको थियो । नवगठित सोहि कमिटिलाई सपथ ग्रहण गराईएको हो ।

प्रदेश कमिटिमा चक्रबर्तीलाई इन्चार्ज तोकेर झापा,मोरङ,सुनसरीका विभिन्न पालिकाबाट मनोनितगरि अन्य सबैलाई तत्कालकालागि सदस्य तोकि कमिटि गठन गरिएको हो । सपथ ग्रहण गरेका पदाधिकारीलाई कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले शुभकामना दिनुका साथै सफल कार्यकालको कामना गर्नुभयो ।

सो अवसरमा स्वागत मनतब्य राख्दै नेपाल राष्ट्रिय बांग्ला समाजका प्रदेश सदस्य तापस दासले बांग्ला भाषा तथा कला,संस्कृतिको संरक्षण गर्ने उद्धेश्यसहित २ बर्ष अघि समाजको केन्द्रीय कमिटि गठन गरिएको जानकारी दिनुभयो । सो अवसरमा तनुश्री मुखर्जीले रवीन्द्रनाथ टैगोरद्वारा रचित बांग्ला भाषाको कविता वाचन गर्नुभयो । सोहि अवसरमा समाजका ज्येष्ठ नागरीकहरुलाई सम्मान समेत गरिएको थियो ।

विराटनगर महानगरपालिकामा बांग्ला भाषाभाषिको संख्या ९ हजार बढी रहेको छ भने कोशी प्रदेशमा ३ लाख र देशभरिमा साढे ५ लाख बंग्ला भाषाभाषि रहेको समाजले जनाएको छ ।

सम्बन्धित खबरहरु