मोरङको कटहरी गाउँपालिकाको वडानम्बर ५ मा चौथो वडाअध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

वडानम्बर ५ को आयोजनामा शुरु भएको प्रतियोगिताको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले उद्घाटन गर्नुभयो । स्थानिय मौधराको खेल मैदानमा शुरु भएको प्रतियोगिताको पहिलो खेल संघर्षशील युवा क्लब,सुनसरी र वन डिभिजन कार्यालय विराटनगर बिच भएको छ ।

प्रतियोगितामा बनसखण्डी युवा क्लब,बाहुनी क्लब,फाईभ स्टार क्लब ईटहरी,विराटनगर क्लब,चौधरीचोक क्लब र सुकचर क्लबको सहभागिता रहेको छ । यस्तै विराटनगर १९,शान्ति युवा क्लब,मिल्स एरिया रानी,कटहरी गाउँपालिका,जिल्ला प्रहरी कार्यालय मोरङ,रंगेली नगरपालिका, कमल झोडा, दुर्गा युवा क्लब तथा आयोजक टिम समेतगरि १६ वटा टिमको सहभागिता रहेको खेल संयोजक किशनलाल सरदारले जानकारी दिनुभयो ।

प्रतियोगिता पहिलो हुने उपाधि बिजेता टिमले ७५ हजार नगद राशिको पुरस्कार प्राप्त गर्नेछन भने उपबिजेता हुने टिमले नगद ५१ हजार राशिको पुरस्कार प्राप्त गर्ने अर्का खेल संयोजक शिवनारायण सरदारले जानकारी दिनुभयो । आमन्त्रित क्लबहरुबिच भदौ १७ गतेसम्म प्रतिस्पर्धा हुने र त्यसपछि मात्र फाईनल प्रतियोगिताको मिति तोकिने आयोजक समितिले जनाएको छ ।

फुटबलको संरक्षण तथा खेलाडीलाई प्रोत्साहनगर्ने उद्धेश्यले खेल आयोजना गरिएको कटहरी ५ का वडाध्यक्ष सम्पतलाल सरदारले बताउनुभयो ।

सम्बन्धित खबरहरु