विराटनगर २ स्थित बिएसएन स्कुल अफ होटल म्यानेजमेन्टले नवआगन्तुक विद्यार्थीहरुलाई सहभागि गराएर अभिमुखिकरण कार्यक्रम गरेको छ ।

सो स्कुलले कक्षा ११ मा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई सहभागि गराएर अभिमुखीकरण सहित अन्य विविध कार्यक्रम समेत गरेको हो । विराटनगरको एक होटलमा आयोजना गरिएको कार्यक्रमकाबिच कक्षा ११ को बार्षिक परीक्षामा अध्यन सहितका विविध बिधामा उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई सम्मानित समेत गरिएको थियो ।

सो क्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी कंचन राजवंशीलाई सम्मानित गरिएको थियो भने पोशाक अनुसाशनतर्फ रोनिश महासेठ र सलिना दनुवार,समयको अनुशासनतर्फ मरियम लिम्बु र रमिता राजवंशीलाई सम्मानित गरिएको थियो ।

उहाँहरुलाई बिएसएन स्कुल अफ होटल म्यानेजमेन्टका कार्यक्रम निर्देशक मनोज राजवंशी र सास्थ्म कलेजका प्रबन्धक महेश्वर सिंह लगायतले दोसल्ला र मायाको चिनो सहित सम्मान गर्नुभयो । सो अवसरमा बोल्ने शैक्षिक अभियन्ताहरुले होटल म्यानेजमेन्टको अध्ययनगर्ने विद्यार्थीले पछाडि फर्किएर हेर्न नपर्ने बताएका थिए । उनिहरुले यो बिषयको अध्ययनगर्ने जनशक्तीको बिश्वभरि माग रहेको समेत बताएका थिए ।

अभिमुखीकरण कार्यक्रमकाबिच विद्यार्थीहरुलाई अध्ययनको क्रममा विद्यार्थीले पालना गर्नुपर्ने नियम,अनुशासन र अध्ययनको महत्वको बिषयमा समेत जानकारी गराईएको स्कुलका ईन्द्र घिमिरेले जानकारी दिनुभयो । यस्तै विद्यार्थीहरुले कार्यक्रमकाबिच सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरे ।

नयाँ शैक्षिक सत्रमा सो स्कुलमा ७० जना नयाँ विद्यार्थी भर्ना हुन आएको संचालक पक्षले जनाएको छ । कार्यक्रममा एस्पायर कलेजका सिएम बस्नेत,एम्स कलेजका सशांक पोखरेल र नेपाल बिजनेश कलेजका दिपक कोईराला लगायतले बोल्नुभयो ।

बिएसएन स्कुल विराटनगरमा होटल म्यानेजमेन्टको मात्र अध्यापन गराउने एक मात्र स्कुल रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु