नेपाल डेन्टल एशोसिएशन मोरङको अध्यक्षमा डा. निमिषा दास निर्वाचित हुनुभएको छ।
विराटनगरमा सम्पन्न निर्वाचनबाट डा. दासको अध्यक्षतामा ८ सदस्यीय मोरङ कार्यसमिति निर्वाचित भएको हो।
समितिको उपाध्यक्षमा डा. अभिषेक कुमार, महासचिवमा डा. कमरुल हक, कोषाध्यक्षमा डा. धिरज कुमार मण्डल र सहसचिवमा डा. आदित्य साह निर्वाचित हुनुभएको छ।
त्यसैगरी, नयाँ कार्यसमितिको सदस्यमा डा. मिरा ठाकुर, डा. शेखर कुमार मण्डल र डा. रिजवान अली निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डा. रितेश गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यसमितिमा थप एक सदस्य मनोनयन गर्ने प्रावधानअनुसार आगामी केही दिनमै छनोट गरिनेछ। मनोनयनपछि मोरङ कार्यसमिति ९ सदस्यीय हुनेछ।
निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको रहने जनाइएको छ। मोरङमा हाल १ सय ३० जना दन्त चिकित्सकमध्ये १ सय १० जना संघमा आवद्ध रहेका छन्।
