विराटनगर–२, तिनपैनीस्थित सेन्ट जोसेफ स्कुलमा नवआगन्तुक विद्यार्थीहरूलाई लक्षितगर्दै सात दिने फ्रेसर तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यार्थीहरूलाई सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पार्ने दुष्प्रभाव, स्कुलको आचारसंहिता तथा अनुसासन सम्बन्धी नियमबारे विषय विशेषज्ञहरूले जानकारी गराएका थिए ।

सो विद्यालयको नयाँ शैक्षिक सत्रमा व्यवस्थापन, होटल म्यानेजमेन्ट, साइन्स र कम्प्युटर साइन्स संकायमा गरी करिब ३ सय विद्यार्थी भर्ना भएका छन् । अभिमुखिकरण कार्यक्रमको अन्तिम दिन फ्रेसर डे कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको आकर्षणस्वरूप आयोजना गरिएको मिस्टर फ्रेसर र मिस फ्रेसर प्रतियोगितामा नदिम खान र रानी मण्डल विजेता घोषित भए । त्यस्तै, मिस चार्मिङतर्फ सन्जना मगर, मिस्टर चार्मिङमा आशिष खड्का, मिस कन्फिडेन्टमा पोसना भारती र मिस्टर कन्फिडेन्टमा चन्दन साह विजयी भएका छन ।

प्रतियोगिताको निर्णायक मण्डलमा स्कुलका सञ्चालक आशिष सिटौला, प्लस टु निर्देशक रोहितजंग थपलिया र युवा अभियन्ता विवेक दाहाल रहनुभएको थियो । विक्रमसम्बत २०३२ सालमा स्थापना भएको सेन्ट जोसेफ स्कुलले विक्रमसम्बत २०५४ सालबाट प्लस टु तहको अध्ययन सञ्चालन गर्दै आएको छ ।

हाल स्कुलमा १ हजार ७ सय भन्दा बढी विद्यार्थी र कर्मचारी कार्यरत छन् ।

सम्बन्धित खबरहरु