नेपाल औषधि व्यवसायि संघ मोरङले आफ्नो ५२ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा योगदान पु¥याउने ७ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
स्थापना सप्ताह समापनको अवसरमा मंगलबार संघको कार्यालय परिसर, विराटनगर–१० मा आयोजित कार्यक्रममा थोक तथा खुद्रा औषधि व्यवसायी र सहयोगी व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा अटल फार्मेसी, विराटनगरका पवन अटल, झा औषधि पसल, उर्लाबारीका उदयचन्द्र झा, संघका कानुनी सल्लाहकार भरतबहादुर थापा, प्रेस सल्लाहकार उद्धव घिमिरे, हिमगिरी मेडिको प्रालि, विराटनगरका उमेश ठाकुर, न्यू मेड प्रालिका बिनोद श्रेष्ठ तथा औषधि ढुवानीकर्ता प्रेमलाल राय रहेका छन् । रायलाई प्रोत्साहनस्वरुप नगद ५ हजार रुपैयाँ समेत प्रदान गरिएको संघले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल, संघका केन्द्रीय सदस्य प्रदीपकुमार दास तथा मोरङ अध्यक्ष देशबन्धु ढकालले सम्मानित व्यक्तिहरूलाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मण्डलले औषधि व्यवसाय नाफामूलक मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सामाजिक व्यवसाय भएको बताउनुभयो । संघका केन्द्रीय सदस्य दासले मोरङ शाखाले स्थापना दिवसको साप्ताहिक कार्यक्रम अन्र्तगत समाजसेवा तथा मानवसेवाका उल्लेखनीय कार्य गर्दै मुलुकभरका शाखामध्ये फरक पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो ।
पुर्व मोरङ अध्यक्ष सुवर्णभक्त जोशीले लामो समयको योगदान र संघर्षबाट मात्र संघ आजको सबल अवस्थामा आईपुगेको बताउनुहुँदै ब्यवसायिहरु संघको मार्गदर्शन अनुसार जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
संघका मोरङ अध्यक्ष ढकालले स्थापना दिवसको साताब्यापी कार्यक्रम अन्र्तगत विद्यार्थीमा सचेतना कार्यक्रम, प्रहरीलाई लापसे किट र मास्क वितरण, रक्तदान, कोशी अस्पतालका बिरामीलाई फलफूल तथा पौष्टिक आहार वितरण, वृद्धाश्रमका आश्रितलाई दिवा भोजनजस्ता कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा संघका निवर्तमान अध्यक्ष लक्ष्मी तिम्सिना, कोशी प्रदेश उपाध्यक्ष सुदिन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघको स्थापना २०३० साल असार १० गते भएको जनाइएको छ ।