विराटनगर २२ जेठ । आज ५ जून, विश्वभरि विश्व वातावरण दिवस विभिन्न कार्यक्रमहरू आयोजनागरी मनाइँदैछ ।

सन् १९७२ मा संयुक्त राष्ट्रसंघको महासभाबाट सुरु गरिएको यो दिवसले हरेक वर्ष पृथ्वी संरक्षण र वातावरणीय समस्याहरूप्रति जनचेतना फैलाउँदै मनाउने गरिन्छ । यस वर्ष यो दिवस “प्लास्टिक प्रदूषणको समाधान खोजौं” नारासहित मनाईदैछ ।

सो अवसरमा विराटनगर ९ स्थित हिमालय दर्शन कलेजले सरसफाई कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम अन्र्तगत रोडशेष चोकदेखी ट्राफिकचोकसम्मका सडक तथा मठमन्दिर क्षेत्रको सरसफाई गरिएको छ । कार्यक्रममा कलेजमा बिएचएम अध्यनरत दोश्रो र चौथो सेमेस्टरका ६५ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन ।

पर्यटन बर्ष सफल बनाउन केहि महिना अघि कलेजमा अध्यनरत विद्यार्थीहरुलाई सहभागि गराई गठन गरिएकोे नेपाल सस्टेनेबल टूरिज्म क्लब आबद्ध विद्यार्थीहरुको अगुवाई सरसफाई कार्यक्रम गरिएको हो । पर्यटनबर्ष सफल बनाउन वातावरणिय सरसफाई समेत महत्वपुर्ण पाटो रहेकाले कार्यक्रम आयोजना गरिएको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिनुभयो ।

पछिल्लो समय प्लास्टिक प्रदूषण विश्वब्यापि समस्याकोरुपमा देखिएको छ, जसले पानी, माटो र जैविक प्रणालीमा गम्भीर असर पारिरहेको छ । विश्व वातावरण दिवसको अवसरमा संघीय सरकारदेखि स्थानीय तहसम्म वातावरण संरक्षण, हरित प्रविधिको प्रवद्र्धन, प्लास्टिक प्रयोग न्यूनीकरण, र वृक्षारोपणजस्ता कार्यक्रमहरू आयोजना गरिएका छन ।

संघीय वातावरण मन्त्रालयका अनुसार, नेपालमा प्लास्टिक उत्पादन र उपभोग दर हरेक वर्ष बढिरहेको छ । तर, त्यसको उचित व्यवस्थापन नहुँदा शहरदेखि गाउँसम्म प्लास्टिक फोहोरले वातावरणीय संकट निम्त्याइरहेको छ ।

मन्त्रालयले आगामी ५ वर्षभित्र सिंगल–यूज प्लास्टिकको प्रयोगलाई ५०% ले घटाउने लक्ष्य लिएको छ ।

सम्बन्धित खबरहरु