जेठ २० । विराटनगरमा मुस्लिम महिलाहरुको लगानी तथा ब्यवस्थापनमा महिला पोषाक तथा परिधानको शोरुम संचालनमा ल्याईएको छ ।

तिनजना मुस्लिम दिदिबहिनीले संयुक्तरुपमा महिला पोषाक र परिधानको शोरुम संचालनमा ल्याएका हुन । विराटनगर ६ का रुकैया मुमताज,सुमैया र साब्या मुमताजले स्थानीय रामपुरचोकमा एमएस नाईस कलेक्सनको नामबाट शोरुम संचालनमा ल्याएका हुन ।

मंगलबार एक औपचारिक कार्यक्रमगरि मुमताज दिदि बहिनीले संचालनमा ल्याएका शोरुमको उद्घाटन गरिएको छ । उपभोक्तालाई उचित मुल्यमा ब्राण्डेड पोशाक र परिधान उपलब्ध गराउने उद्धेश्यसहित शोरुम संचालनमा ल्याईएको संचालिका मध्येकी एक रुकैया मुमताजले बताउनुभयो ।

शोरुममा भारत र चाईनाका साथै पाकिस्तानमा निर्माण भएका उच्चस्तरिय ब्राण्डेड महिला तथा बालबालिकाका पोशाक उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । यसैगरि जुत्ता चप्पल र गरगहना समेत अन्य महिला बिशेष सामाग्रिहरु समेत शोरुममा उपलब्ध हुने जनाईएको छ ।

शोरुममा तिनजना स्थानीयले रोजगारी समेत पाएका छन । शोरुम संचालनमा ल्याईएको अवसरमा दूईदिनकालागि ३० प्रतिशत छुट दिईने संचालक पक्षले जनाएको छ ।

मुस्लिम महिलाहरुको लगानी र ब्यवस्थापनमा विराटनगरमा पहिलोपटक यसप्रकारको शोरुम संचालनमा ल्याईएको शोरुमकी अर्की संचालिका सुमैया मुमताजले दाबी गर्नुभयो ।

सम्बन्धित खबरहरु