दुहबी २८ बैशाख । बुद्ध जन्मजयन्तीको पुर्वसन्ध्यामा दुहबी नगरपालिकास्थित केशलिया इंग्लिश बोर्डिङ स्कुलले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा दुहबी १२ बुगडरीस्थित उक्त विद्यालयले विद्यार्थी तथा अभिभावकमा भगवान बुद्धको जीवनी र सन्देश प्रवाहगर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरेको हो । विद्यालय प्राङ्णमा आयोजित कार्यक्रममा स्कुलका विद्यार्थीहरुले नृत्य, गीत तथा नाटकमार्फत भगवान बुद्धप्रति श्रद्धा प्रकट गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले “बुद्धका उपदेश” शीर्षकको नाटक प्रस्तुत गरे । नाटकमा बुद्धको जीवन र दर्शन झल्काईएको थियो ।

नाटकमा कक्षा १ देखि ८ सम्मका एक दर्जन विद्यार्थीहरूले सहभागिता जनाएको स्कुलका संस्थापक प्रिन्सिपल सन्जु बन्जाराले जानकारी दिनुभयो । उहाँले विद्यार्थी तथा अभिभावकलाई बुद्धको ज्ञान र उपदेशका बिषयमा थप जानकार बनाउन कार्यक्रम गरिएको बताउनुभयो ।

सो अवसरमा विद्यार्थीहरुले बुद्धसँग सम्बन्धित गीतहरूमा नृत्य पनि प्रस्तुत गरे जसले दर्शकको मन जितेको थियो । कार्यक्रमको समन्वय स्कुलका नृत्य प्रशिक्षक आर.के. पाण्डेले गर्नुभएको थियो ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नैतिक मूल्य र व्यवहार विकासमा सघाउ पु¥याउने स्कुलका संचालन सुनिल बंजाराले बताउनुभयो । कार्यक्रममा संगितकार तथा गायक प्रबलदीप विश्वासले समेत आफ्नो प्रस्तुति राख्नुभयो ।

विक्रमसम्बत २०५५ सालमा स्थापना भएको सो विद्यालयमा हाल कक्षा नर्सरीदेखि ८ सम्ममा करिब ५ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालय संचालक सुनिल बञ्जाराले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु