विराटनगर २० बैशाख । रौनियार सेवा समाजको अध्यक्षमा उपेन्द्र साह रौनियार निर्वाचित हुनु भएको छ ।
विराटनगर ११ स्थित समाजको समुदायिक भवनमा शनिवार सम्पन्न भएको १० औं साधारण सभाबाट रौनियारको अध्यक्षतामा १८ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा शिवनारायण गुप्ता,द्वितीय उपाध्यक्ष गोपालप्रसाद गुप्ता,महासचिव शम्भु प्रसाद गुप्ता,सचिव दिपेन्द्रप्रसाद रौनियार र कोषाध्यक्षमा मनिष रौनियार सर्वसम्मत हुनु भएको छ ।
यसैगरि नयाँ कार्यसमितिको सदस्यहरुमा अशोक साह रौनियार,मदन साह रौनियार,सन्तोष कुमार रौनियार,जमीश साह रौनियार,राजकुमार रौनियार र मन्नु कुमार गुप्ता हुनुहुन्छ । यस्तै विनोद प्रसाद गुप्ता,उमेश प्रसाद रौनियार,सन्तोष भगत रौनियार, मनोज गुप्ता, दुर्गेस रौनियार समेत सदस्यमा चयन हुनु भएको छ भने बरिष्ठ सल्लाहकारमा महावीर प्रसाद रौनियारलाई चयन गरिएको छ ।
साधारण सभाकाबिच निर्वाचन समितिका संयोजक रामनरेश साह रौनियारले समाजका सर्वसम्मत पदाधिकारीको घोषणा गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै गोल्डेन अस्पतालका संचालक डाक्टर श्याम प्रसाद रौनियारले रौनियार समुदाय आर्थिक र शैक्षिकरुपमा सबल रहेपनि आफ्ना हकअधिकारको सवालमा पछि परेको बताउनुभयो ।
उहाँले सामाजिक संरचनाका कारण समुदाय पछि परेको बताउनुहुँदै नवनिर्वाचित कार्यसमितिले समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउन महत्वपुर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । साधारण सभामा महासचिव शम्भुप्रसाद गुप्ताले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामलखन साह रौनियारले संस्थाको आयब्यय प्रस्तुत गर्नुभयो ।
यसअघि कार्यसमितिको कार्यकाल २ बर्षको भएपनि पछिल्लो समय विधान संशोधनगरि तिनबर्षको कार्यकाल बनाईएको निर्वतमान अध्यक्ष अवधनारायण रौनियारले बताउनुभयो । कार्यक्रममा समाजसेवी सियाराम रौनियार लगायतले मनतब्य राख्नुभयो ।
विराटनगर महानगरपाकिलाकामा रौनियार समुदायको ५ हजार बढी जनसंख्या रहेको जनाईएको छ ।