विराटनगर २० बैशाख । विभिन्न चारवटा जातीय समुदायको संयुक्त संस्था डीक्का महासंघ नेपालका केन्द्रीय पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगरस्थित मारवाडी सेवा सदनमा महासंघका पदाधिकारीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । बितेको चैत २९ र ३० गते जनकपुरधाममा भएको महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई सो कार्यक्रमममा सपथ ग्रहण गराईएको छ । महासंघको महाधिवेशनबाट मोरङका बिजय राय अमातको अध्यक्षतामा ३९ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।

महासंघको पाँच जना उपाध्यक्षमा सिरहाबाट बिरु राय कुर्मी,धनुषाबाट राम दुलार मण्डल केवट,सप्तरीबाट अनिलकुमार राय,सिरहाबाट कौशल मण्डल धानुक र महोत्तरीबाट चन्दू मण्डल धानुक निर्वाचित हुनु भएको छ ।

यस्तै सिरहाका रामपुकार कामती महासचिव निर्वाचित हुनु भएको छ भने पाँच जना सचिवमा महोत्तरीका देवेन्द्र कापड केवट,रौतहटका बिजय पटेल कुर्मी,सिरहाका बिनोद कुमार राय अमात,सिरहाकै सौगेन्द्र मण्डल धानुक र सुनसरीका दिपेन्द्र राय अमात हुनुहुन्छ ।

यसैगरि कोषाध्यक्षमा महोत्तरीका रिचा मण्डल धानुक र प्रवक्तामा श्यामसुन्दर राय कुर्मी हुनुहुन्छ । मधेश प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डल,कोशी प्रदेश सरकारका वन,पर्यटन तथा वातावरण मन्त्रि सदानन्द मण्डल र पुर्वमन्त्री शिवकुमार मण्डल लगायतका बिशिष्ठ ब्यक्तीहरुको उपस्थितिमा महासंघका पदाधिकारीको सपथग्रहण सम्पन्न भएको हो ।

सो अवसरमा बोल्ने वक्ताहरुले अल्पसंख्यक समुदाय समाजको मुल प्रवाहमा पछि परेकाले एकिकृतरुपमा आफ्ना आवाज बुलन्द गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा मधेश प्रदेशको धनुषा,महोत्तरी,सिरहा सप्तरी देखी कोशी प्रदेशका मोरङ,सुनसरी सहित विभिन्न जिल्लाबाट महासंघमा आबद्ध समुदायबाट निर्वाचित जनप्रतिनिधिका साथै उच्चपदस्थ कर्मचारीहरु सहभागि भएका छन ।

डीक्का महासंघमा तराईमधेशका अल्पसंख्यक समुदायमा सुचिकृत धानुक,कुर्मी,केवट र अमात समुदायका चारवटा जातिय संगठनहरु आबद्ध छन ।

सम्बन्धित खबरहरु