विराटनगर ४ बैशाख । नेपाली बजारमा रोयल ईन्फिल्ड मोटरसाईकलको न्यू क्लासिक मोडल सार्वजनिक गरिएको छ ।

रोयल ईन्फिल्डको विराटनगर ३ पिपलचोकस्थित आधिकारिक बिक्रेता रोयल मोटर्सले बिहिबार एक औपचारिक कार्यक्रमगरि नयाँ मोडल ‘रोयल ईन्फिल्ड न्यू क्लासिक’ को विक्री शुभारम्भ गरेको हो । रोयल मोटर्सका ब्यवस्थापक मुकेश यादव र उपभोक्ता राजेश सुवेदीले नयाँ मोडल सार्वजनिक गर्नुभयो ।

‘रोयल ईन्फिल्ड न्यू क्लासिक’ ३ सय ५० सिसिको छ । विभिन्न ७ वटा रंगमा सो मोटरसाईकल नेपाली बजारमा ल्याईएको कम्पनीले जनाएको छ । कम्पनीले मद्रास रेड,जोधपुर ब्लू,मेडलियन ब्रोन्च,कमाण्डो स्याण्ड,स्टेल्थ ब्ल्याक र एमराल्ड क्रोम रंगमा नयाँ मोडल बजारमा ल्याएको हो ।

बजारमा ल्याईएको नयाँ मोडलको ५ लाख ५५ हजारदेखी ५ लाख ७९ हजारसम्म मुल्य तोकिएको बिक्रेता कम्पनीले जनाएको छ । नेपाली यूवाहरुको रोजाईमा रहेको रोयल ईन्फिल्डमा नयाँ र आधुनिक फिचरहरु थपगरि बजारमा ल्याईएको रोयल ईन्फिल्डका विराटनगर ब्यवस्थापक यादवले जानकारी दिनुभयो ।

ईन्फिल्ड क्लासिकमा डबल च्यानल एबिएस,एलईडी हेडलाईट,एलईडी पाईलट लाईट,गेयर पोजिशन ईन्जेक्टर र टाईप सी यूएसबी चार्जर जस्ता आधुनिक सुविधाहरु थप गरिएको यादवले बताउनुभयो । भारतको चेन्नईमा उद्योग रहेको रोयल ईन्फिल्डको बिरगंजमा एसेम्बल हुन्छ । सो मोडल नेपालभरिका आधिकारिक विक्रेताहरु मार्फत एकै साथ विक्री खुला गरिएको जनाईएको छ ।

सम्बन्धित खबरहरु