विराटनगर २५ चैत । तेली कल्याण समाज नेपाल सुन्दर हरैचाको अध्यक्षमा रामकुमार साह सर्वसम्मत हुनु भएको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिका १० मा चैत २४ गते भएको नगर भेलाबाट अध्यक्षमा साह सहितको कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा संजय साह,सचिव कृष्णप्रसाद साहु,सहसचिव अभिषेक साह र कोषाध्यक्षमा अनु कुमारी साह सर्वसम्मत हुनु भएको छ ।

यस्तै सदस्यहरुमा नारद साह, राजन साह (वडा–१), जितेन्द्र साह, मिना कुमारी साह, राजन साह (वडा–११), रमादेवी साह, डोमा साह, रविन्द्र कुमार साह तथा सचिन साह चयन हुनु भएको छ । थप एक सदस्य पछि मनोनित गर्ने आयोजक समितिले जनाएको छ ।

नगर सभामा समाजका मोरङ जिल्ला अध्यक्ष डा.बालकृष्ण साह, कोषाध्यक्ष रोहित कुमार साह, सह–सचिव सन्तोष साह, सदस्य गणेश कुमार साह, शत्रुधन साह र सल्लाहकार बिन्देश्वर साह लगायत ५ दर्जन बढी सदस्यहरुको सहभागिता थियो ।

सम्बन्धित खबरहरु