विराटनगर २४ चैत्र । विश्व शान्तिको कामनागर्दै विराटनगरमा ‘विश्व नवकार मन्त्र दिवस’ आयोजना गरिने भएको छ ।

आउदो चैत २७ गते विश्वभरिका १ सय ८ देश संगै विराटनगरमा पनि यो दिवस मनाईने भएको हो । जैन ईन्टरनेश्नल ट्रेड अर्गनाईजेशनको महिला शाखाले यो कार्यक्रम आयोजना गर्न लागेको हो । मेनरोडस्थित जैन स्वेताम्बर तेरापन्थ सभा भवनमा कार्यक्रम आयोजना हुन लागेको हो ।

नवकार मन्त्रको महत्व जनसमुदायमा प्रचारगर्दै आध्यात्मिक उन्नयन र शान्तिको सन्देश दिने उद्धेश्य सहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाकी अध्यक्ष सन्तोष जैनले बताउनुभयो ।

बिशेषगरि जैन धर्मावलम्बीकालागि यो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेपनि अन्य सम्प्रदायका आधात्यमसंग सम्बन्धित सर्वसारणलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको कार्यक्रम संयोजक रीन डुगरले जानकारी दिनुभयो । कार्यक्रमको महत्वपूर्ण पाटो विभिन्न धर्मसमुदायका मानिसहरु एकजुट भएर नवकार मन्त्रको जापगर्दै शान्तिको सन्देश प्रवाह गर्ने रहने उहाँले बताउनुभयो ।

विश्व शान्तिको कामनागर्दै विश्वभरिका १ सय ८ देशहरूमा एकै दिन र एकै समय ६ हजार भन्दा बढी धार्मिक स्थलहरूबाट एकै साथ सामुहिक नवकार मन्त्र जाप गर्न लागिएको जनाईएको छ । नवकार मन्त्र जापकालागि २७ गते बिहान बिहान ८.१६ देखि ९.५१ सम्मको समय निर्धारण गरिएको आयोजक समितिले जनाएको छ ।

नवकार मन्त्र जैन धर्ममा एक शक्तिशाली मन्त्र मानिन्छ, जसले आध्यात्मिक उन्नति, शान्ति र शुद्धता प्रदान गर्नमा मद्दत गर्दछ । यस मन्त्रको जापबाट मानसिक शान्ति, आत्मिक शुद्धता र विश्व शान्तिको प्रार्थना गरिन्छ ।

सम्बन्धित खबरहरु