सुनबर्षी नगरपालिकाका सहकारी अभियन्ता इन्जीनियर कमलेश्वर ठाकुर कोशी प्रदेशकै उत्कृष्ट सहकारीकर्मीको रुपमा सम्मानित हुनु भएको छ ।
सुनसरीको ईनरुवा नगरपालिकामा आयोजना गरिएको एक कार्यक्रमकाबिच ठाकुरलाई उत्कृष्ट सहकारीकर्मीको रुपमा सम्मान गरिएको हो । ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय इनरुवाले आयोजना गरेको कार्यक्रमका बीच उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रमकाबिच कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, प्रदेश सहकारी संघ कोशी प्रदेशका अध्यक्ष डिल्ली पोखरेल र पुरस्कार छनौट समितिका संयोजक मनोज कार्की लगायतले सम्मानपत्र तथा खादामाला सहित सहकारीकर्मी ठाकुरलाई सम्मान गर्नुभयो ।
ठाकुर २०६६ सालदेखी सहकारी क्षेत्रमा समर्पित हुनुुहुन्छ । सुनवर्षी नगरपालिका वडा नम्बर ५ का बासिन्दा उहाँ रंगेलीस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुनुहुन्छ ।
सहकारीको व्यवस्थापकीय, सुशासन र विकासमा उहाँले पु-याएको योगदानको कदरगर्दै सम्मानित गरिएको आयोजक समितिले जनाएको छ ।
