विराटनगर २२ चैत । तराई मधेशसहित पौराणिक मिथिलाञ्चलमा लोकसंस्कृति अनुसारको चैती छैठपर्व मनाईएको छ ।
शुक्रबार बिहान जलाशयहरुमा षष्ठिकादेवी तथा भगवान सूर्यलाई अर्घदिंदै चैती छैठ सम्पन्न भएको हो ।
विराटनगरसहित आसपासका पालिकाहरुमा श्रद्धाभक्तीपुर्वक चैती छैठ मनाईएको छ । काक्र्तिक महिना झैं चैत महिनाको शुक्ल पक्षमा यो पर्व मनाउने गरिन्छ ।
यसबर्ष गएको मंगलबारबाट शुरु भएको छैठ पर्वको विधिविधान अन्तर्गत भगवान सुर्यलाई शुक्लपक्षको छैठौं दिन बिहीबार, सन्ध्याकालिन र शुक्रबार, सप्तमी तिथिमा उदाउँदो सुर्यलाई अर्घ अर्पणगर्दै चैती छैठ समापन भएको छ । कात्र्तिक महिनाको छैठपर्व झैं यसपर्वको विधिविधान पनि सोहि अनुसार गरिन्छ ।
पर्वको पहिलो दिन मंगलबार व्रती महिला पुरुष पवित्र जलाशयमा स्नानगरी अरवा–अरवाईन अर्थात् चोखो खानेकुरामात्र खाएका थिए । व्रतीहरु बुधबार दिनभरि उपवास बसी साँझ गुलियो पुरी,खीरलगायतका प्रसाद चन्द्रमालाई अर्पणगरी सपरिवार ग्रहण गरेका थिए ।
यस उपक्रमलाई स्थानीय भाषामा षडना भनिन्छ । षडना पछि निराहार बसेका व्रतीहरु बिहीबार अस्ताउँदो र शुक्रबार उदाँउदो सूर्यलाई अघ्र्य अर्पण गरेका हुन ।
यसपर्वमा षष्ठिका माता र भगवान सुर्यलाईचामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया,पेरुकियाजस्ता पारम्परिक पकवान र विभिन्न प्रकारका फलफूलहरु नाङ्लो, कोनिया, सरवा, ढाकन,माटोको हात्ती लागतका प्रसादका सामाग्रि ठूलो ढाक्कीमा राखी नैवेद्यकोरुपमा अर्पण गर्ने परम्परा छ ।
धर्मशास्त्रहरुमा उल्लेख भएअनुसार बर्षदिनमा दुईपल्ट कात्र्तिक र चैत महिनामा छैठ पर्व मनाउने प्रचलन छ । पूजा,आराधना र भाकलको उद्धेश्यसहित कात्र्तिक महिनाको छैठ मनाउने गरिएकोमा भाकल पुरा भएअनुसार चैती छैठ मनाउने जनविश्वास छ ।
छैठ पर्व मनाउदा शारिरीक कष्ट अन्त हुने,चर्मरोग निवारण,दरिद्रता नाश तथा पारिवारिक शुखाशान्ति प्राप्त हुने जनविश्वास छ । कात्र्तिक महिनाको छैठ पर्वले ब्यापकता पाए झैं चैती छैठपनि लोकप्रिय हुँदै गएको छ ।
पछिल्लो समय जलाशय किनारहरुमा श्रद्धालुभक्तजनको बाक्लिदो उपस्थितिले पनि चैती छैठ समेत लोकप्रिय हुँदै गएको प्रष्ट हुन्छ ।