चैत ११ । क्षयरोग न्यूनिकरणगर्न प्रचारप्रसारलाई जनस्तरसम्म पु¥याउनु आवश्यक रहेको सरोकारवालाले बताएका छन ।
प्रत्येक २४ मार्चका दिन मनाईने विश्व क्षयरोग दिवसको अवसरमा विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्था मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन । सो अवसरमा बोल्नुहुँदै स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ निरीक्षक मुलुकचन्द राजवंशीले २४ मार्चका दिन जर्मनीका डा रबर्ट ककले किटाणु पत्ता लगाएको दिन प्रतयेक बर्ष दिवस मनाउने गरेको बताउनुभयो ।

नर्सिङ कलेज विराटनगरका क्याम्पस प्रमुख मेनुका भण्डारीले पछिल्लो समय देश सर्ने र नसर्ने दुवै रोगको चपेटामा परेको बताउनुभयो । उहाँले पहिले गरिबको रोग भनिने क्षयरोगबाट पछिल्लो समय धनि मानिएकाहरु समेत ग्रस्त भईरहेको बताउनुभयो । वातावरण प्रदुषण र सामाजिक अवस्था लगायतको कारणले यो रोगको संक्रमण डरलाग्दोरुपमा समाजमा फैलिरहेको उहाँले बताउनुभयो ।

सामुहिक प्रयासबाट मात्र क्षयरोग न्युनिकरण सम्भव रहेकाले एकिकृत कार्यक्रमहरु संचालन गर्नुपर्ने उहाँको भनाई थिया । बिशेषज्ञ चिकित्सक डा.नारायणकुमारले क्षयरोगबाट २०२३ मा १० लाख बढीको मृत्युु भएको डब्लूएचओको तथ्यांकमा देखिएको बताउनुभयो । उहाँले यो रोग न्यूनिकरणगर्न समुदायलाई समेत सहभागी गराएर समाजमा लुकेर बसेका बिरामीको खोजी आवश्यक रहेको बताउनुभयो ।

यस्तै डा.वसन्त मेहताले नङ र कपाल बाहेक शरिरका सबै अंगमा क्षयरोग लाग्न सक्ने बताउनुभयो । यद्यपि ७० प्रतिशत फोक्सोको क्षयरोग नेपालमा देखिने गरेको उहाँले बताउनुभयो । गएको बर्ष देशभरिमा ७० हजार क्षयरोगी भएको अनुमान गरिएकोमा ४० हजार रोगि मात्र पत्ता लागेर उपचारमा आएको बताउनुभयो । अन्य ३० हजार बिरामी समाजमै लुकेर बसेको उहाँको भनाई थियो ।

डा.मेहताले एकजना क्षयरोगि संक्रमितले १० देखि १५ जनालाई रोग सार्ने गरेको तथ्यांकहरुमा देखिएको बताउनुभयो । नेपालमा बर्सेनि १७ हजार मानिस यो रोगबाट मर्ने गरेको देखिएपनि समाजमा लुकेर बसेका शंकास्पद विरामीको समेत मृत्यू हुने गरेपनि यो संख्या थप बढी हुने दाबी गर्नुभयो ।

आयोजक संस्थाका सल्लाहकार श्याम पौडेल सरकारले टिभि रोगलाई गम्भीरतापुर्वक नलिएको बताउनुहुँदै सबैको सहकार्यबाट मात्र क्षयरोग न्युनिकरण सम्भव हुने बताउनुभयो । विएनएमटीका जिल्ला कार्यक्रम अधिकृत रामप्रसाद कोईरालाले क्षयरोग न्यूनिकरण गर्न तिनवटै सरकारले लगानी गर्नुका साथै सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

सन् १८८२ मार्च २४ मा जर्मनीका चिकित्सक डा.रबर्ट ककले क्षयरोग पत्ता लगाईको दिनमा प्रत्येकबर्ष यो दिवस मनाउने गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था नाटा मोरङका उपसभापति भैरव क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सो अवसरमा ११ जनालाई बिरामीलाई बिनएमटीको सहयोगमा र १८ जनालाई डिआर टिबीका विरामीलाई क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयको सहयोगमा पोषण युक्त खाद्य सामाग्रि समेत वितरण गरिएको थियो ।

सम्बन्धित खबरहरु