विराटनगर । नेपाल डेमोक्रेटिक्स लयर्स एशोसिएशन,मोरङको अध्यक्षमा अधिवक्ता सुनिल कुमार कर्ण निर्वाचित हुनु भएको छ ।

डि.एलं.ए. मोरङको फागुन १६ गते विराटनगरमा भएको १० औं अधिवेशन तथा १७ औं साधारण सभाबाट कर्णको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक विनयराज पाण्डेले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नगेन्द्र बहादुर थापा,सचिव बिकास थापा र कोषाध्यक्षमा सुजितकुमार चेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा कोषराज चौधरी,सुशन पोखरेल,हिमिन दाहाल,ईन्द्रदेव ठाकुर,ललन कुमार मण्डल र पवनकुमार यादव हुनुहुन्छ ।

यस्तै थप सदस्यहरुमा अनिस खनाल,बिनय कुमार चौधरी,प्रेरणा राई,कमल प्रकाश चौधरी,मानस रेग्मी,असिम राई तथा पुरुषोत्तम कुमार कर्ण सर्वसम्मत हुनुभएको छ ।

डि.एल.ए. मोरङमा १ सय ९० बढी अधिवक्ताहरु सदस्य छन ।

सम्बन्धित खबरहरु