फागुन ७ । कटहरी गाउँपालिकामा पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
कटहरी गाँउपालिका ५ नम्बर वडाको खेलमैदान बुधबारदेखि उक्त प्रतियोगिता शुरु भएको हो । उद्घाटन खेलमा कटहरी ४ मा रहेको दी राइजिङ यृुवा क्बल विजयि भएको छ । कटहरी १ मा रहेको योङहाट क्लबलाई ५–० गोलले हराउँदै द राइजिङ युवा क्लब विजयी भएको हो । प्रतियोगिताको प्लेयर अफ दी म्याच दी राइजिङ युवा क्लबका निशान्त राइ घोषित भए ।
त्यसअघि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । कटहरी गाँउपालिकाले योग्य र सक्षम फुटबल खेलाडीहरु उत्पादन गरी जिल्ला र प्रदेशमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्देश्यले फुटबल प्रतियोगिता सुरु भएको उहाँले बताउनुभयो ।
फागुन ७ गते देखि १७ गते सम्म आयोजना गरिने प्रतियोगितामा कटहरी गाँउपालिकाको ७ वटा वडाका १० वटा टिमहरु र अन्य पालिकाका ६ वटा टिम गरी १६ वटा टिमले भाग लिईरहेका छन् ।
प्रतियोगिताको विजयी टिमले १ लाख १ हजार नगद सहित ट्रफी र उपविजेताले ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजक गाँउपालिकाले जनाएको छ ।