फागुन ७ विराटनगर । अल–आमना मुस्लिम महिला नेपालको अध्यक्षमा मदिना खातुन निर्वाचित हुनुभएको छ ।
विराटनगरस्थित ईस्लामिक संघ नेपालको सभाहलमा आयोजना भएको १६ ओै साधारणबाट खातुनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा तस्वीरा पर्बिन,सचिव जरिना खानम,सहसचिव फरत नाज्नी र कोषाध्यक्षमा जेवा खानम सर्वसम्मत हुनुभएको छ ।
यस्तै सदस्यहरुमा ईस्रत खानम तथा फर्जाना खातुन लगायत निर्वाचित हुनुभएको छ । उहाँहरुसंगै थप १ सय १ सदस्यहरु समेत सर्वसम्मत चयन भएको आयोजक समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित खातुन यसअघिको कार्यसमितिमा समेत अध्यक्षकैरुपमा नेतृत्व गर्नुभएको थियो । त्यसअघि पुर्व खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सो संस्थाको साधारण सभाको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा बोल्नुहुँदै उहाँले मुस्लिम महिलाहरु आफ्नो अधिकारहरुको उपयोगगर्न अघि बढ्नुपर्ने बताउनुभयो । मुस्लिम संघका केन्द्रीय सचिव मो.अफजल हुसैन ‘गुल्जार’ ले अल–आमना मुस्लिम महिला नेपाले मुस्लिम महिलाहरुको उत्थानका साथै उनिहरुको स्वास्थ्य तथा सिप प्रर्बधनको क्षेत्रमा कामगर्दै आएको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष खातुनले अल–आमनाले बिगतदेखी शुरु गरेका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा विराटनगर ६ का वडाध्यक्ष अक्षय सहनी,विराटनगर ९ का वडाध्यक्ष विश्वनाथ भगत र नेपाली काँग्रेस ६ नम्बरका क्षेत्रीय सभापति देवराज तामाङ लगायतले निर्वाचित समितिलाई शुभकामना ब्यक्त गर्नुभयो ।
२०६६ सालमा स्थापना भएको अल–आमना मुस्लिम महिला नेपालमा २ सय बढी महिलाहरु आबद्ध रहेको जनाईएको छ ।
