फागुन ३ । विराटनगरमा च्याम्पियन्स कराँते एकेडमी संचालनमा आएको छ ।

विराटनगरको जलजला चोकस्थित धाडेवा कम्प्लेक्समा एकेडमी संचालनमा आएको हो । कराँते खेलका दक्ष खेलाडी उत्पादनगर्ने उद्धेश्यसहित एकेडमी संचालनमा ल्याईएको हो । कराँतेका राष्ट्रिय रेफ्री तथा अन्र्तराष्ट्रिय खेलाडी समेत रहनुभएका सुरज कामतले एकेडमी संचालनमा ल्याउनुभएको हो ।

बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराई देशको नाम उज्जवल बनाउन एकाडेमी संचालनमा ल्याएको संचालक कामतले बताउनुभयो । अहिले एकेडेमीमा शनिबार बाहेक हप्ताको ६ दिन प्रशिक्षण दिइने गरिएको छ ।

विहान ६ देखि सात बजेसम्म र बेलुकी ५ बजेदेखि साझ ६ बजेसम्म प्रशिक्षण हुने गरेको कामतले बताउनुभयो । एकेडमीले खेलाडीहरुलाई स्वच्छ, सुरक्षित र आधुनिक म्याटमा गुणस्तरीय प्रशिक्षण दिने ब्यवस्था मिलाएको छ । पुर्णरुपमा ब्यवस्थितगरि संचालनमा ल्याइएको यो नै विराटनगरको पहिलो कराँते एकेडमी रहेको दाबी गरिएको छ ।

एकेडमीमा हाल ३५ जना विद्यार्थीले प्रशिक्षण लिईरहेका छन । एकेडमीले ३ जना उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा तालिम प्रदान गरिरहेको जनाईएको छ । एकृडेमीमा प्रशिक्षण लिदै आएका खेलाडीहरुले हालै सम्पन्न प्रथम रिना स्मृति आमन्त्रित खुला कराँते प्रतियोगितामा सहभागिता जनाएका थिए ।

जसमा एकाडेमीका खेलाडीहरुले १ स्वर्ण, ३ रजत र ७ कांस्य पदक जित्न सफल भएको कामतले जानकारी दिनुभएको छ ।

सम्बन्धित खबरहरु