फागुन ३ । विराटनगरको रानीमा शिव महाचर्चा एवं महिमा धार्मिक अनुष्ठान आयोजना हुने भएको छ ।

विराटनगर १६ स्थित सलाई मिल परिसरमा आउँदो फागुण ८ देखी १४ गतेसम्म शिव महाचर्चा आयोजना हुने भएको हो । सो ठाउँमा श्री विराट भजन समुहले सो धार्मिक अनुष्ठान आयोजना गर्न लागेको हो । आयोजक समितिले पत्रकार सम्मेलनको आयोजनागरि सो बिषयमा जानकारी गराएको छ ।

विराटनगर १६ मा नवनिर्मित श्री राधाकृष्ण मन्दिर एवं सामुदायिक भवन संचालानार्थ अक्षय कोष स्थापनाकोलागि साताब्यापी धार्मिक अनुष्ठान आयोजनागर्न संयोजक राम थापाले जानकारी दिनुभयो । आयोजक विराट भजन समुहले विगतमा श्रीमद् भागवत सप्ताह र नवाह महारामायण महायज्ञ जस्ता धार्मिक कार्यक्रमहरुको आयोजनागरि संकलित रकम सो मन्दिरको निर्माणमा प्रयोग गरेको जनाईएको छ ।

आयोजनागर्न लागिएको महाचर्चाबाट संकलित रकम समेत सोहि मन्दिरको अक्षय कोष स्थापनाका निम्ति खर्च गरिने भजन समुहकी अध्यक्ष उमा जोशीले जानकारी दिनुभयो । महाचर्चामा कथा ब्यास समितिका अध्यक्ष पण्डित कुवेर सुवेदीले कथा वाचन गर्नुहुने जनाईएको छ ।

शिव महाचर्चामा दैनिक ३ देखि ४ हजारसम्म भक्तजन आउने अपेक्षा गरिएको छ भने यो अनुष्ठान सम्पन्नगर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । शिवरात्रीको अवसर पारेर आयोजना गर्न लागिएको महाचर्चाको क्रममा फागुन ८ गते विहान विराटनगरमा कलशयात्रा निकाल्ने तयारि समेत छ ।

विहान दैनिक पुजा अर्चना तथा भागवत पाठ हुनेछ । दिउँसो ११ बजेदेखि दिउँसो ३ बजेसम्म कथा वाचन, साँझमा दिप प्रज्वलन, आरती भजन किर्तन हुने आयोजक समितिले जनाएको छ ।

समापनको दिन भगवान शिलाई १ हजार ८ नाम मन्त्र उच्चारण साथै १ हजार ८ बेलपत्र अर्चना एवं पूर्णाहुती यज्ञसहित विसर्जन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबरहरु