फागुन ३ । विराटनगर २ स्थित विराटेश्वर शिव मन्दिरको शताब्दी वर्षको उपलक्ष्यमा निःशुल्क आँखा शिवीर आयोजना गरिएको छ ।
सो अवसरमा बिगत एक बर्षयता विविध धार्मिक कार्यक्रमगर्दै आएको मन्दिर ब्यवस्थापन समितिले पहिलो पटक आँखा शिवीर आयोजना गरेको हो । रामलाल गोल्छा आँखा अस्पताल प्रष्ठिानको चिकित्सकिय सहयोगमा ब्यवस्थापन सिमतिले शिवीर आयोजना गरेको हो ।
मन्दिर परिसरमै आयोजना गरिएको शिविरबाट २ सय ६८ जना विरामीले लाभ लिएका छन । शिविरमा आएका विरामी मध्ये ५३ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । उनिहरुलाई गोल्छा आँखा अस्प्तालसंग सहकार्यगर्दै निशुल्क शल्यक्रिया गराईने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष देवकी नन्दन अग्रवालले जानकारी दिनुभयो ।
उहाँले विरामीलाई आवश्यकपर्ने आँखाको लेन्स र औषधि खर्च समेत समितिले नै उपलब्ध गराउने बताउनुभयो । मन्दिर स्थापनायता नियमित धार्मिक कार्यक्रम गर्ने गरिएपनि समितिले पहिलो पटक समाज सेवाको कार्य समेत थालनी गरेको अध्यक्ष अग्रवालले बताउनुभयो ।
शिविरमा विराटनगर २ का साथै आसपासका विभिन्न वडाका विरामीहरुले सेवा लिएका थिए । सो क्रममा आवश्यकता भएका विरामीलाईहरुलाई निशुल्क औषधि तथा ४६ जनालाई निशुल्क चश्मा समेत उपलब्ध गराईएको आयोजक समितिले जनाएको छ ।
ब्यवस्थापन समितिले शिविरमा २ नम्बर वडा कार्यालय र रुईत फाउण्डेशन संग सहकार्य गरेको छ ।