माघ २६ । कटहरीमा आयोजना भएको चौथो वडाध्यक्ष क्रिकेट कप टी ट्वान्टी प्रतियोगिताको उपाधि मविराटनगरको पुर्वाञ्चल क्रिकेट क्लब एण्ड एकेडमीले जितेको छ ।

कटहरीको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा कटहरी ३ को घरेलुटोलीलाई १९ रनले पराजितगर्दै विराटनगर ३ को पुर्वान्चलले उपाधि हात पारेको हो । टस जितेर शुरुमा ब्याटिङ रोजेको पुर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

खेलको दोश्रो हाफमा १ सय ५८ रनको लक्ष्य सहित मैदानमा उत्रिएको कटहरी ३ को टिम २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रनमा सिमित भयो । बिजयी टिमकालागि अभिषेक शर्माले २० बलमा ३३ रन बनाएका थिए । विजयी पुर्वाञ्चलले उपाधि कपसंगै शिल्ड,मेडल र नगद ४१ हजार राशिको पुरस्कार हात पारेको छ भने उपबिजेता कटहरी ३ ले नगद २५ हजार राशिको पुरस्कार प्राप्त गरेको छ ।

बिजेता र उप बिजेतालाई कोशी प्रदेश सभा सदस्य भीम पराजुली,कटहरीका अध्यक्ष देवराज चौधरी र कटहरी ३ का वडाध्यक्ष जदुलाल कामतले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरे । प्रतियोगितामा फाईनलको म्यान अफ दी म्याच तथा म्यान अफ दी सिरीज पुर्वाञ्चल क्रिकेट क्लबका खेलाडी मेहबुब बाबु ईराकी घोषित भए । ईराकीलाई ५ हजार १ सय राशि सहित पुरस्कृत गरिएको आयोजक समितिले जनाएको छ ।

यसैगरि उपबिजेता टिम कटहरी ३ का खेलाडी लव कामत बेस्ट ब्याट्सम्यान घोषित भए उनले प्रतियोगितामा १ सय ५४ रन बनाए । यस्तै कटहरी ३ कै निरज मुखिया बेस्ट बलर घोषित भएका छन । टुर्नामेन्टभरि उत्कृष्ट प्रर्दशन गर्ने कटहरी ३ का खेलाडी प्रेम कामतलाई ईमेजिङ प्लेयरकोरुपमा पुरस्कृत गरिएको छ । उनलाई क्रिकेट ब्याट,हेल्मेट र जुत्ता सहितको ब्याट्सम्यान किट प्रदान गरिएको छ ।

कटहरी गाउपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा माघ १९ गतेबाट शुरु भएको प्रतियोगितामा मोरङ र सुनसरीका ८ वटा टिमको सहभागिता थियो ।

सम्बन्धित खबरहरु